Thursday, April 25, 2024

कैलालीमा गोलि प्रहार बाट दुईजना घाइते

प्रकाशित:

महेन्द्रनगर । कैलालीको अत्तरियामा अज्ञात समूहले गोली चलाउँदा २ जना घाइते भएका छन् ।

आइतबार साँझ साढे ६ बजे मोटरसाइकलमा आएका नचिनेका मानिसहरुले गोली चलाउँदा दुई जना घाइते भएको इलाका प्रहरी कार्यालय कैलाली अत्तरियाका डीएसपी रविन्द्र पाण्डेले जानकारी दिए ।

मोटरसाइकलमा यात्रा गरिरहेका उनीमाथि अत्तरियायाको पुर्व रोडमा रहेको सशस्त्र प्रहरी कार्यालय नजिकै गोली चलेको हो ।

उनीमाथि अत्तरियाबाट पुवी दिसा तर्फ गइरहेको मोटरसाइकलमा सवार २ जनाले गोली चलाएको स्थानीयले बताएका छन ।

गौतममाथी २ गोली लागेको र, उनको मायामेट्रो अस्पताल धनगढीमा उपचार भइरहेको उनका बुवा एलबी गौतमले जानकारी दिएका छन ।

गोली प्रहार पछि सुटरले गोतमसंग भएको व्याग लगेर फरार भएको स्थानीय प्रत्यक्षदर्शी हेमराज जोशीले बताए ।

डीएसपी रविन्द्र पाण्डेका अनुसार न्यू घोडाघोडी सुनचाँदी पसलका सञ्चालक ३१ वर्षीय विकास गौतम र थप एक जना घाइते भएका छन् ।

उनीहरुको अस्पतालमा उपचार भइरहेको छ भने गोली चलाउनेको खोजी भइरहेको प्रहरीले जनाएको छ । घटनाको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

 

ताजा समाचार

सम्बन्धित समाचार