Saturday, July 27, 2024

बङ्गुर व्यवसायीबाट नै ७ देखि ८ लाख वार्षिक आम्दानी

प्रकाशित:

महेन्द्रनगर । कञ्चनपुरको बेदकोट नगरपालिका-८ भासीका सञ्जिव डगाैंरा आठ वर्ष देखि बङ्गुर पालन गर्दै आइरहेका छन् ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

सात वटा खोर बनाएर सुरुवात गरेका सञ्जिवले अहिले ३२ वटा खोर र ८० देखि ९० सम्म बङ्गुर पालन गरेका छन् ।

बङ्गुर व्यवसायीलाई आफ्नो पुर्खौली देखि नै बुवाले गरेको र अहिले आएर आफुले पनि बङ्गुर व्यवसायी तिर लागेको डगाैंरा बताउँछन् ।

बङ्गुर व्यवसायी गर्नु पुर्व आफुले आफ्नै निजि मेडिकल ल्याब खोलेर काम गर्ने गरेको डगाैंराले बताए । त्यस बाट आफुलाई आम्दानी नभए पछि बुवाले गरेको व्यवसायीमा आफुले पनि त्यसै तिर लागेर काम गर्न थालेको उनले बताए ।

बङ्गुर पालन बाट नै आफुले ७ देखि ८ लाख सम्म वार्षिक आम्दानी कमाउने गरेको डगाैंरा भन्छन् । एउटा बङ्गुरले ११२ दिनमा चार देखि १६ बच्चा जन्माउने गरेको बताए ।

आफुले गरेको व्यवसायीमा गैर सम्रित कल्याण कृषि सहकारी संस्था र सनराईज बैंकले सहयोग गरेको उनले भने । पालन गरेको बङ्गुरलाई सुदुरपश्चिममा नै बेच्ने गरेको डगाैंराले बताए ।

यस भन्दा पहिले बङ्गुरको लागि बाहिर बाट ल्याएको मासु खुवाएर धेरै बङ्गुर मरेका थिए । त्यसकारणले गर्दा भुसा, बुरानको दालो बनाएर मात्र दिने र ४५ दिनमा बेच्ने योग्य हुने उनले भने ।

बङ्गुरलाई एकदिनमा तिन चोटि खाना र पानी दिने गरिन्छ । गर्मि याममा बङ्गुरलाई दिनको तिन पटक नुहाउनु पर्ने हुन्छ नत्र धेरै मात्रामा बङ्गुर मर्ने समेत गरेको डगाैंरा बताउँछन् । ।

अहिले आफ्नो यस व्यवसायलाई श्रीमतीले सहयोग गर्ने गरेको उनले बताए ।१५० लाख लगानि गरेर बङ्गुर व्यवसायी गरेका डगाैंराले अहिले आफुलाई यस व्यवसाय बाट राम्रै आम्दानी गरेको र आगामी दिनमा पनि यस व्यवसायलाई अगाडि बढाउँदै लैजाने डङैराले बताए ।

ताजा समाचार

सम्बन्धित समाचार