जयपृथ्वी बहादुर सिंह स्मृति प्रतिष्ठानको प्रथम साधारण सभा सम्पन्न

प्रकाशित:

महेन्द्रनगर । कञ्चनपुर जिल्लाको दक्षिणी क्षेत्रमा जयपृथ्वी बहादुर सिंह स्मृति प्रतिष्ठानको प्रथम साधारण सभा एवम् अधिवेशन सम्पन्न भएको छ।

शनिवार बेलडाँडी गाउँपालिकाको सभा हलमा जयपृथ्वी बहादुर सिंह स्मृति प्रतिष्ठान -२०७८ को प्रथम साधारण सभा एवम् अधिवेशन सम्पन्न गरिएको हो ।

बझाङ्गी राजा जयपृथ्वी बहादुर सिंहको व्यक्तित्व र उहाँको समाजमा योगदान तथा जयपृथ्वी बहादुर सिंह प्रतिष्ठानको सान्दर्भिकता बारेमा उक्त प्रतिष्ठानका अध्यक्ष बिर बहादुर सिंहले प्रस्तुत गर्नु भएको थियो।

सम्मान वीर बहादुर थापा, उपकुलपति डा.अम्मर राज जोशी ,कमला बोहरा र संस्थापक पदाधिकारी लाई आजिबन प्रमाणपत्र वितरण , सुप विश्वविद्यालयका उपकुलपति डा.अम्मराज जोशि र चन्द्र बहादुर सिंह लाई मानार्थ सदस्य वितरण गरिएको हो।

कार्यक्रमको सभापति प्रतिष्ठानका अध्यक्ष बिर बहादुर सिंह, प्रमुख अतिथि सुदूरपश्चिम प्रदेश सभाका नवनिर्वाचित सदस्य वीर बहादुर थापा , बिशिस्ट अतिथिमा सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा.डा.अम्मराज जोशी, सु.प. वि.वि. भाषा संस्क‌ृति प्रतिष्ठानका निर्देशक प्राध्यापक डा.हरिशचन्द्र भट्ट , नेकपा एमाले केन्द्रीय सदस्य तथा पुर्व कञ्चनपुर जिल्ला भुमि आयोगका अध्यक्ष कमला बोहरा, पुर्व बेल्डाँडी गाविस अध्यक्ष चन्द्र बहादुर सिहँ रहनु भएको थियो ।

कार्यक्रम सञ्चालन प्रतिष्ठानका कोषाध्यक्ष पुष्प कमल पण्डितले गर्नु भएको थियो ।

ताजा समाचार

सम्बन्धित समाचार