
महेन्द्रनगर । अपाङताको हक अधिकार सम्बन्धी अभिमुखीकरण गराईएको छ ।
सुदूरपश्चिम समावेसी अपाङ संघले अपाङताको अधिकार विषयक अभिमुखीकरण गराएको हो ।
बुधबार एक कार्यक्रमका विच अपाङताको अधिकार सम्बन्धीत ऐन नियमावली र निर्देशिका बारेमा अभिमुखिकरण गराईएको छ ।
अपाङताको अधिकारका लागि कार्यरत अभियन्ता उपेन्द्र खडायत, पार्वती विष्टले अपाङताको हक अधिकार विषयमा प्रशिक्षर््ाण गरेका थिए ।
कार्यक्रममा भीमदत्त नगरपालिका क्षेत्रका २७ जना अपाङता भएका व्यक्तिको सहभागिता रहेको थियो ।
सुदूरपश्चिम समावेसी अपाङ संघका अध्यक्ष मानमती भट्टको अध्यक्षतामा भएको अभिमुखिकरणको समापन भीमदत्त नगरका उपप्रमुख निलम लेखकको प्रमुख आथित्यमा भएको थियो ।
तालिममा सहभागिहरुले आफ्नो हक अधिकार बारे जानकारी पाईएको बताए ।
