Saturday, July 27, 2024

कञ्चनपुरमा बसको ठक्करबाट एकजना विद्यार्थीको मृत्यु

प्रकाशित:

महेन्द्रनगर । बसको ठक्करबाट कञ्चनपुरमा एक जना विद्यार्थीको मृत्यु भएको छ ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

शुक्रबार बिहान पूर्वपश्चिम महेन्द्र राजमार्ग अन्तर्गत सुडामा ना ७ ख ६५२१ नम्बरको बसले साइकलमा यात्रा गरिरहेका विद्यार्थीलाई ठक्कर दिएको थियो।

बसको ठक्करबाट बेदकोट नगरपालिका–६ का कविराज बैजको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी चक्रबहादुर शाहले जानकारी दिए ।

बस महेन्द्रनगरबाट दार्चुला गइरहेको थियो। दुर्घटनाको कारण खुल्न सकेको छैन। बस चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

दुर्घटनामा मृत्यु भएका बैज महेन्द्रनगरस्थित कञ्चन विद्या मन्दिरमा स्नातक तह प्रथम वर्षमा अध्ययन गर्थे ।

शुक्रबार घर सिसैयाबाट साइकलमार्फत कलेज आइरहेका उनी दुर्घटनामा परेका थिए ।

घटनाको विरोधमा आक्रोशित स्थानीयले अहिले पूर्व–पश्चिम राजमार्ग बन्द गराएका छन् ।

प्रहरीले अहिले आवागमन सहज बनाउने प्रयास गरिरहेको जनाएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार