Saturday, July 27, 2024

ढुंगा प्रहार गरि श्रीमानको हत्या

प्रकाशित:

महेन्द्रनगर । कास्की पोखरा महानगरपालिका–३० शिशुवा घर भई तनहुँ शुक्लागण्डकी नगरपालिका–४ प्रगति टोल बस्ने ३६ वर्षीया शुसिलाले
आफ्नै ४० वर्षीय श्रीमान मन बहादुर नेपालीलाई ढुंगा प्रहार गरी हत्या गरेकी छिन् ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

मादक पदार्थ सेवन गरी घरायसी वादविवादको कारण शुसिलाले श्रीमानको टाउकोमा ढुंगा प्रहार गर्दा गम्भीर घाइते भएका थिए ।

ईलाका प्रहरी कार्यालय बेलचौताराबाट खटिएको प्रहरीले घाइतेलाई उपचारको लागि जिपी कोईराला राष्ट्रिय श्वास–प्रश्वास उपचार केन्द्रमा पठाएको थियो ।

उपचारको क्रममा उनको मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार