Saturday, July 27, 2024

बजार क्षेत्रमा निर्माण गरिएका फुटपाथमा व्यावसाय नगरी दिन अनुरोध सहित भीमदत्तको टोली पुग्यो अनुगमनमा ।

प्रकाशित:

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिको बजार क्षेत्रमा निर्माण गरिएका फुटपाथमा केहि व्यापारीहरुले फुटपात ओगटेर व्यापार व्यावसाय गरेको पाईएकोले भीमदत्त नगरपालिका अनुगमन समितिकि संयोजक तथा भीमदत्त नगरपालिकाकी उपप्रमुख निलम लेखक जोशि,भीमदत्त नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत याम नारायण गौली सहितको नगरपालिकाको टिमले बजार अनुगमन थालेको छ ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

नगरपा फुटापथको ठाउँ ओगटेर व्यापार व्यावसाय नगराउन,नगरिदिन भीमदत्त नगरपालिकाले ३५ दिने सुचना प्रकाशित गरेको भयपनि व्यापारी हरुले सो सुचनाको अवज्ञा गरेको पाईएकोले संयोजक सहितको टिमले अनुगमन थालेको हो । पैदल यात्रुहरुको समस्यालाई मध्यनजर गर्दै र भीमदत्त नगरपालिकालाई व्यावस्थीत सहर बनाउने मिसनकासाथ निर्माण भईरहेका अवस्थामा केही व्यापारीले सडकमै सरसामान राखि बजारको सोभनियता माथी असर पारेकोले भीमदत्त नगरपालिकाले ३५ दिने सुचना प्रकाशित गरेको हो ।

साथै भीमदत्त नगरपालिकाले प्रत्येक व्यावसायीहरुलाई आ –आफ्नो पसलको सटर बाहिर पर्नेगरी कुनै पनि व्यावसायी जन्य सामान तथा अन्य सामान नराखिदिनुका साथै टिनको छानो समेत निर्माण नगर्ने र निर्माण भएका टिनका छाना समेत हटाई दिन नगरपालिकाले ३५ दिने सुचना प्रकाशित गरेको भीमदत्त नगरपालिकाकी नगर उपप्रमुख निलम लेखक जोशिले बताएकी छन् ।यदी कुनै व्यावसायीले सुचनाको अवज्ञा गरि सो कार्य गरेको पाईएमा प्रचलित कानुन बमोजिम कारवाहि गरीने प्रमुखले बताएकी छन् ।

 

ताजा समाचार

सम्बन्धित समाचार