Thursday, April 18, 2024

आगामी दिनमा पनि सुदुरपश्चिम विश्व विद्यालयका लागि अक्सपाेर्ट विश्व विद्यालयले सहयोग गर्ने

प्रकाशित:

महेन्द्रनगर । कञ्चनपुरमा रहेको सुदुरपश्चिम विश्व विद्यालयमा सोमबार देखि अन्तराष्ट्रिय सम्मेलन सुरु भएको छ ।

सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख देव राज जोशीले एक औपचारिक कार्यक्रम सम्मेलनका बिच शुभारम्भ गरेका हुन ।

ब्रिटेन नेपाल एकेडेमीक काउन्सिल एक्सपोर्ट युनिभर्सिटी लगायतको सहकार्यमा सुदुरपश्चिम अध्ययन सम्पदा नब प्रवन्ध र रुपान्तर बिषय तिन दिने अन्तराष्ट्रिय सम्मेलनको आयोजना गरेको हो ।

उक्त सम्मेलनको शुभारम्भ गर्दै प्रदेश प्रमुख जोशीले यस्ता सम्मेलनहरूले नयाँ-नयाँ विचारहरूको सिर्जना गरि शिक्षक, विद्यार्थी तथा स्रोतकर्ताहरू लाई प्रगिक क्षेत्रमा महत्वपूर्ण सहयोग पुर्याउने बताए ।

यस्ता कार्यक्रमहरु बाट राज्य निति निर्माणका क्षेत्रमा पनि उचित मार्ग दर्शन गर्न सुदुरपश्चिम प्रदेशको शैक्षिक, सामाजिक, सांस्कृतिक, आर्थिक तथा प्राविधिक क्षेत्रमा साकारात्मक विकास हुने बताए ।

कार्यक्रममा अक्सपाेर्ट युनिभर्सिटीका प्रध्यापक डेबिट कर्नलले धेरै समय पश्चात सुदुरपश्चिम विद्यालय संग सक्रिय सम्मेलन गराउन पाउँदा खुसि लागेको बताए ।आगामी दिनमा पनि विश्व विद्यालयका लागि अक्सपाेर्ट विश्व विद्यालयले सहयोग गर्ने बताए ।

यस सेमिनारले सुदुरपश्चिमका बारेमा भएको अनुसन्धानहरू माथि गहन छलफल हुने भएकोले सुदुरपश्चिम प्रदेशको विकास र निति निर्माणका क्षेत्रमा महत्वपूर्ण भुमिका खेल्ने अन्तराष्ट्रिय सम्मेलन आयोजक कमिटीका सचिव सुदुरपश्चिम विश्व विद्यालयका उप प्रध्यापक दिपक चन्द्र भट्टले बताए ।

बुधबार सम्म तिन दिन चल्ने उक्त अन्तराष्ट्रिय सम्मेलनका लागि ब्रिटेन, जापान, जर्मन, सुइज्रल्याड लगायतका विभिन्न देशका प्रध्यापकहरू कञ्चनपुर पुगेका छन् ।

ताजा समाचार

सम्बन्धित समाचार