Advertisements
Advertisements
२०८० जेष्ठ २२, सोमबार |
Monday, June 5, 2023

अध्यक्ष रानाका २० वर्षीय छोरा रुखमा झुण्डिएको अवस्थामा फेला

प्रकाशित:

Advertisements

महेन्द्रनगर। कञ्चनपुरको लालझाँडी गाउँपालिकाका अध्यक्ष निर्मल रानाका छोरा मृत अवस्थामा फेला परेका छन्।

अध्यक्ष रानाका २० वर्षीय छोरा मनोज राना अहिले दिउँसो लालझाडी गाउँपालिका–२ स्थित जंगलको एउटा रुखमा झुण्डिएको अवस्थामा फेला परेका हुन्।

इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक दानसिंह भण्डारी नेतृत्वको टोली अहिले घटनास्थलमा पुगेको छ।

भण्डारीका अनुसार राना एउटा रुखको हाँगामा प्लाष्टिकको डोरीमा झुण्डिएको अवस्थामा फेला परेका छन्। घटनास्थल घरभन्दा करिब १ किलोमिटर टाढा रहेको छ। अध्यक्ष राना भने काठमाडौंमा छन्।

खबर सुनेपछि उनी आइरहेको प्रहरीले जनाएको छ। राना ३० बैशाखमा सम्पन्न स्थानीय तह चुनावमा नेकपा एमालेका तर्फबाट पालिका अध्यक्षमा विजयी भएका थिए।

प्रहरी निरीक्षक भण्डारी नेतृत्वको टोलीले अहिले घटनास्थल मुचुल्का तयार पारिरहेको छ। थप विवरण भने आउन बाँकी छ।

Advertisements

ताजा समाचार

Advertisements

सम्बन्धित समाचार