Saturday, July 27, 2024

कञ्चनपुरका निर्माण व्यवसायीले अनाथालयमा खाद्यान्न वितरण गर्दै मनाए १५ औं राष्ट्रिय निमार्ण दिवस

प्रकाशित:

महेन्द्रनगर । निर्माण व्यवसायी संघ कञ्चनपुरले १५ औं राष्ट्रिय निर्माण दिवस मनाएको छ । बिहिबार निर्माण व्यवसायी संघ कञ्चनपुरले महेन्द्रनगरको अनाथालयमा खाद्य सामग्री वितरण गर्दै १५ औं राष्ट्रिय निर्माण दिवस मनाएको हो ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

समाज कल्याण अञ्चल बाल अनाथालय महेन्द्रनगरका बालबालिकाहरुको लागी खाद्य सामग्री वितरण गर्दै आफुहरुले १५ औं राष्ट्रिय निर्माण दिवस मनाएको निर्माण व्यवसायी संघ कञ्चनपुरका उपाध्यक्ष देव बहादुर चन्दले बताए ।

जिल्ला अध्यक्ष निरञ्जन प्रसाद भट्टको अनुपस्थितीमा कार्यवाहक अध्यक्ष तथा निर्माणका वरिष्ठ उपाध्यक्ष राजेन्द्र बहादुर चन्दको अध्यक्षतामा उक्त खाद्यान्न वितरण कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा सुदूर पश्चिम प्रदेश निर्माण व्यवसायी महासंघका पूर्व अध्यक्ष एवं जिल्लाका सल्लाहकार लोक बहादुर ठकुराठीको प्रमुख आतिथ्यमा उक्त कार्यक्रम आयोजना गरिएको हो ।

संघको कार्यालयमा रहेको राष्ट्रिय निर्माणको झण्डोत्तोलन गर्दै अनाथालयका बालबालिकाहरुलाई खाजा नास्ता र खाद्य सामग्री वितरण गरिएको जिल्ला कोषाध्यक्ष दिपक भट्टले बताए । कार्यक्रममा जिल्लाका अधिकांश निर्माण व्यवसायीहरुको उपस्थिती रहेको थियो ।

 

ताजा समाचार

सम्बन्धित समाचार