Saturday, April 20, 2024

बेदकोटका सडकमा एक पनि छाडा चौपाया नदेखिने गरि व्यवस्थापन गर्छौः नगर प्रमुख बोहरा

प्रकाशित:

महेन्द्रनगर । वेदकोट नगरपालिकामा गाईहरुलाई अन्यत्र सार्ने क्रममा गाईलाई सम्बन्धित ठाँउमा लैजान नदिएपछि खान नपाएर गाईहरुको मृत्यु भएको वेदकोट नगरपालिकाले जनाएको छ ।

बुधवार नगर प्रमुख भोजराज बोहराले पत्रकार सम्मेलन गर्दै मंसिर २० गते चुनेपानीको शिद्धसरोवरमा लगेर राख्ने बेला ट्रकमा हालेर लैजाने क्रममा अराजक तत्वले लैजान नदिएर बाटोमा ट्रक रोकिएर राखेको अवस्थामा १४ घण्टा बाटोमा रहँदा कतिपय चौपायाले खान र पानी नपाएर मृत्यु वरण गरेको उनले बताए ।

वडा नम्वर ५ धरमपुर को सडकबाट १ सय ५३ वटा गाई जान दिईयो भने १ सय वटा गाई रहेको ट्रकलाई वडा नम्वर ७ मा रहेको पुतली बजारमा केही अराजक तत्वहरुले रोकिदिएको अवस्थामा गाईहरुको मृत्यु भएको उनले बताए ।

जुन व्यक्तिहरुले पालिकाबाट गाई लैजान अबरोध गरिरहेका थिए तिनै व्यक्तिहरुले १ लाख रुपैँया रकमको बार्गेनिङ गरेको नगर प्रमुख बोहराले बताए । ट्रकमा गाई लैजाँदै गरेका व्यक्तिहरुसँग १ लाख दियो भने गाईलाई लैजान दिने भन्दै ती अराजक तत्वहरुले रकमको पनि माग गरेको उनले बताए । त्यही समयमा हतास भएका ट्रकमा गएका साथीभाईहरुले वडा नम्वर ३ को जंगलमा लगेर गाईहरुलाई राखेको र केही गाईहरु खान पानी नपाएर मृत्यु भएको थियो ।

अब ति मरेका गाईहरुलाई व्यवसीथत गर्नुपर्ने नगरपालिकाको जिम्मेवारी पनि रहेको अवस्थामा ति गाईहरुलाई व्यवस्थापन गरेको र जिउँदै गाईहरुलाई मारेर पुरेको भन्ने खबर गलत भएको उनले बताए ।

साथै नगर उपप्रमुखलाई लगाईएका अरोपहरु निराधार नि झुट्टा रहेकाजनाईएको छ । विगत ८ महिनादेखी नगर उपप्रमुख तथा सामुदायिक पशु व्यवस्थापन संयोजक तुलसी जोशीको अगुवाईमा सामुदायिक पशुको व्यवस्थापनको कार्य निरन्तरतर चलिरहेको छ ।

बेदकोट नगरपालिका ४ मा रहेको बाल ज्योती माबि नजिक बैतडामा रहेको १२ बिगाह जमिनमा बैजनाथ महिला बहुउदेस्य सहकारी संस्थाले चारो तथा कर्मचारी व्यवस्थापनको जिम्मा पाएर अहिले काम पनि सुचारु गरेको छ ।

सामुदायिक पशु व्यवस्थापनका लागि विगत ८ महिनादेखी तदारुकता देखाएर वेदकोट नगरपालिकाका उपप्रमुख तुलसी जोशीको संयोजकत्वमा सामुदायिक पशु चौपायाहरुको दिर्घकालिन समाधानका लागी विस्तृत योजना तयार गर्ने, कार्यदल निर्माण गर्ने, मस्यौदा समीती पनि निर्माण भई सकेको छ ।

वेदकोट नगरपालिकाले विभिन्न स्थानमा व्यवस्थीत पशु गौशाला सञ्चालन गरीरहेका योगी पिताम्बर नाथसँग समन्वय गरी छाडा चौपायालाई कसरी दिर्घकालिन समाधान गर्न सकिन्छ भनेर पनि सल्लाह सुझाव लिएको छ ।

शुरुवाती चरणमा जग्गा पाउनका लागी ठुलो चुनौती रहेको अवस्थामा वेदकोट नगरपालिका ४ मा रहेको वालज्योती विधालयका व्यवस्थापन समितीले १२ विगाह जमिन उपलब्ध गराउने निर्णय भएपछि अहिले उक्त ठाँउमा विजुली बत्ती, पानी बित्तिय व्यवस्थापन आहरा व्यवस्थापन लगायतको अहिले पनि समस्या भएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार