Advertisements
Advertisements
२०८० जेष्ठ २५, बिहीबार |
Thursday, June 8, 2023

कृष्णपुर नगरपालिकालद्धारा ५० पतिशत अनुदानमा च्याउ र प्याजको बिउ वितरण

प्रकाशित:

Advertisements

महेन्द्रनगर ।कञ्चनपुरको कृष्णपुर नगरपालिकाको कुषी विकास शाखाले आर्थीक वर्ष २०७९–८० को वार्षीक स्वीकृतमा ५० प्रतिशत अनुदानमा कुष्णपुर नगरपालिका अन्तरगत रहेका कृषकहरुलाई प्याजको बिउ र कन्या च्याउँको बिउ वितरण गरेको छ ।

मंगलबार एक कार्यक्रमका बिच कृष्णपुर नगरपालिकाका नगर प्रमुख हेमराज ओझाले कृष्णपुर नगरपालिकालाई कुषीमा आत्मनिर्भर बनाउन कृषकहरुलाई प्याजको बिउ र कन्या च्याउँको बिउ वितरण गरेको र पकेट क्षेत्र छु ट्याएर योजनाबद्ध तरीकाले आफु अगाडि बढेको बताएका छन् ।

नगर प्रमुख ओझाले व्यावसायीक कृषी खेती गर्ने किसानहरुलाई सिजन अनुसारको अनुदानमा बिउ बिजन वितरण गर्ने देखि निशुल्क परामर्श एवं प्रविधिक सेवा समेत नगरपालिकाले उपलब्ध गराईरहेको र निशुल्क सेवाको लाभ लिन समेत नगरप्रमुखले कृषकहरुलाई आग्रह गरेका छन् ।

बिउ वितरण कार्यक्रममा कृष्णपुर नगरपालिकाका उपप्रमुख द्रोपति राना,कृषी प्रसार शाखा अधिकृत लाल बहादुर धामीको उपस्थिति रहेको थियो ।हिउदे सिजनमा च्याउको उत्पादन र प्याजको उत्पादन हुने भएकाले र कृष्णपुर नगरपालिकाले ५० प्रतिशत अनुदानमा च्याउको बिउ र प्याजको बिउ वितरण गर्ने थालेपछि विभिन्न वडाहरुबाट उल्लेखनिय सख्यामा किसानहरुको माग बढ्दो क्रममा रहेकोले मंगलबार बाट थप दुईदिन बिउ वितरण गरीने कृषी शाखा अधिकृत लाल बहादुर धामीले आभाषकुञ्जलाई बताए

Advertisements

ताजा समाचार

Advertisements

सम्बन्धित समाचार