Saturday, April 20, 2024

विपद् व्यावस्थापनमा स्रोत, साधन, आर्थीक, र, दक्ष जनसक्तिको अभाव देखीएको सरोकारवालाको भनाई

प्रकाशित:

महेन्द्रनगर ।निड्स नेपाल कञ्चनपुर ‘स्कोप आर थ्रि परियोजना’को आयोजनामा विपद् व्यावस्थापनको क्षेत्रमा भएका नितिगत व्यावस्था,अभ्यास, चुनौति र आगामी रणनिति सम्बन्धी अन्तरपालिका स्तरीय समन्वयात्मक एक दिने गोष्ठी सम्मपन्न गरेको छ ।

निड्स नेपालले बर्षेनि बर्षादको समयमा बाढि पहिरोले क्षती पुर्याउने, विपद्ले गर्दा सामान्य वर्गका नागरिको जिवन कष्टकर बनाउने, बाली नाली लगाएतका मानिसको दैनिक जिवनस्तरका निकै क्षति गर्ने भएकाले विपद्को मुल चपेटामा रहेका नगरपालिका हरुसंग समन्वय गरि विपद् व्यावस्थापनको समयमा सो क्षेत्रमा भएका नितिगत व्यावस्था,अभ्यास विपद् व्यावस्थापनको क्रममा देखीएका चुनौती र आगामी रणनिति कस्तो बनाउने भन्ने बिषयमा विपद्को उच्च जोखिममा रहेका भीमदत्त नगरपालिका,बेलडाडी गाउपालिका, परशुराम नगरपालिका,महाकाली नगरपालिका,गरी ४पालिका संगको समन्वयमा अन्तर पालिका समन्वय गोष्ठी सम्पन्न गरेको हो ।

गोष्ठीमा सहभाभी भएका सहभागीहरुले विपद् व्यावस्थापनमा स्थानीय तहहरुबिच समन्वय हुनुपर्नेर प्रदेश र संघिय सरकारले पनि यस किसीमका कार्यक्रम ल्याउनुपर्ने सुझावहरु दिूएका थिए ।विपद्का क्षेत्रमा काम गर्ने कर्मचारीको क्षामता अभिवृद्धिमा पनि ध्यान दिनुपर्ने सहभागीहरुले बताए ।

निड्स नेपालको ‘स्कोप आर थ्रि परियोजना’को आयोजनामा विपद् व्यावस्थापनका क्षेत्रमा दक्ष जनशक्ति का साथै स्रोत साधनको पनि कमी रहेको सरोकारवालाहरुले बताएका छन् । कतिपय मानिसहरुको बुझाईमा भुकम्प आएपछि या बाढिपहिरो गएपछि मात्रै विपदका क्षेत्रमा काम गर्नु पर्ने बुझाई रहेको उनिहरुले बताए

।पछिल्लो समयमा विपद् व्यावस्थापनको लागि विभिन्न नितिहरु निर्माण भएपनि तिनको कार्यान्वयनमा निकै समस्या रहेको उनिहरुमने भनाई रहेको थियो ।गोष्ठीमा सहभागीरहेका महाकाली नगरपालिकाका नगर प्रमुख किशोर लिम्बुले निड्स नेपाल कञ्चनपुरले विपद्को क्षेत्रलाई फोकस गरेर बजेट छुट्याउन र नियमित रुपमा काम गर्दै रहेको र स्थानीय सरकारलाई सो विषयमा घचघच्याई रहने गरेकोले निड्स नेपाललाई धन्यवाद समेत व्याक्त गरेका छन् ।

गोष्ठीमा बोल्दै निम्बुले भने,‘विपद् जहा आउछ त्याहाका लागी विपद् प्रतीकार्यमा मात्र नभई कृषी क्षेत्रमा समेत निड्स नेपालले मसीनो तरीकाले भौतीक,आर्थीक,र नितिगत रुपले विपन्न वर्गलाई आयमुलक संग जोड्ने गरी सीचाईका सामाग्री समेत सहगोग गरेको छ’‘उनले भने स्थानीय छाडा चौपाया पनि विपद्नै भएकोले जैबिक तटबन्ध निर्माण जस्ता कुराहरुमा पनि संस्थाले सहयोग गर्नु पर्ने लिम्बुले बताए ।कार्यक्रम संचालनमा रहेका सबै पालिकाका जनप्रतिनिधि विपद्को क्षेत्रमा काम गर्ने कर्मचारी र अन्य सरोकारवालाहरुको उपस्थिति रहेको थीयो ।

 

ताजा समाचार

सम्बन्धित समाचार