Advertisements
Advertisements
२०८० जेष्ठ २२, सोमबार |
Monday, June 5, 2023

आफ्नै घरको छतबाट खसेर १७ वर्षीय युवकको मृत्यु

प्रकाशित:

Advertisements

महेन्द्रनगर । आफ्नै घरको छतबाट खसेर भक्तपुरको मध्यपुर थिमी नगरपालिका-६ मिलरोडमा एकजना युवकको ज्यान गएको छ ।

मिलरोडमा रहेको भुवन श्रेष्ठको साढे चार तले पक्की घरको चौथौ तलाबाट खसेर उनका १७ वर्षीय छोरा भुमिनलाल श्रेष्ठको मृत्यु भएको हो ।

घरबाट खसेर छिमेकीको घर कम्पाउन्डमा पछारिएपछि उनी गम्भीर घाइते भएका थिए । घाइतेपछि उपचारका लागि नजिकैको नागरिक अस्पताल थिमि लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

परिसरका सूचना अधिकृत राजु पाण्डेले घटनास्थलमा अनुसन्धान अधिकृतसहितको टोली खटी प्रारम्भिक अनुसन्धान गरिएकाले घटनाबारे थप जानकारी लिने काम भइरहेको बताए ।

Advertisements

 

ताजा समाचार

Advertisements

सम्बन्धित समाचार