Saturday, July 27, 2024

दोधारा प्राथमिक स्वास्थ्य केन्द्रमा अन्तरङ्ग सेवा शुभारम्भ

प्रकाशित:

भुपेन्द्र ओली ।
हेल्थपोष्ट । दोधारा चाँदनी नगरपालिकामा रहेको दोधारा प्राथमिक स्वास्थ्य केन्द्रमा अन्तरङ्ग सेवा सुरु भएको छ । दोधारा प्राथमिक स्वास्थ्य केन्द्रमा मंगलबार आयोजित एक समारोहका बीच नगरप्रमुख किशोर कुरमार लिम्बुले रिबन काटेर अन्तरङ्ग सेवाको शुभारम्भ गर्नु भएको हो ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै नगरप्रमुख लिम्बुले स्वास्थ्य केन्द्रका डाक्टर र कर्मचारीहरु अत्यान्तै लगनशिल भएर खटेको भन्दै उहाँहरुलाई धन्यवाद दिनुभयो । भावि दिनहरुमा पनि यसैगरि उत्साहजनक सेवा उपलब्ध हुने विश्वास व्यक्त गर्दै नगरप्रमुख लिम्बुले यो स्वास्थ्य केन्द्रलाई अस्पतालका रूपमा स्थापित गर्न सके स्थानियहरु उपचारकालागि पुल तरेर पारी जानुपर्ने दिनको अन्त्य हुने धारणा व्यक्त गनुभयो

सेवाको उद्धघाटन कार्यक्रममा दोधारा चाँदनीका मेयर किशोर कुमार लिम्बु, नगर प्रबक्ता तथा प्राथमिक स्वास्थ्य केन्द्र ब्यवस्थापन समितिका अध्यक्ष ओंम बस्नेत, दोधारा चाँदनी नगरपालिका कार्यालयका प्रमुख प्रशासकिय अधिकृत गणेश दत्त मिश्र लगाएत स्वास्थ्यकर्मीको उपस्थिती रहेको थियो ।

ताजा समाचार

सम्बन्धित समाचार