Advertisements
Advertisements
२०८० जेष्ठ १४, आईतवार |
Sunday, May 28, 2023

मनाङको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको समानुपातिकमा कांग्रेस पहिलो

प्रकाशित:

Advertisements

महेन्द्रनगर । मनाङको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको समानुपातिक तर्फको मत परिणाम अनुसार संघमा कांग्रेस पहिलो पार्टी बनेको छ ।

प्रतिनिधिसभा तर्फ कांग्रेसले दुई हजार चार सय ३० प्राप्त गरेको छ । यस्तै, एमालेले दुई हजार एक सय ९१ मत प्राप्त गरेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले एक सय ४६ मत प्राप्त गरेको छ ।

माओवादीले एक सय ३३, जनता समाजवादी पार्टीले आठ, राष्ट्रिय प्रजातन्त्र पार्टीले ७६, राष्ट्रिय जनमोर्चाले दुई, मजदुर किसान पार्टीले चार, एकीकृत समाजवादी पार्टीले १७, जनमत पार्टीले तीन, हाम्रो नेपाली पार्टीले चार, पुनर्जागरण पार्टी नेपालले एक, नागरिक उन्मुक्ति पार्टीले ५७, मङ्गोल नेशनल अर्गनाइजेनशनले चार, नेपाल जनता पार्टीले दुई मत प्राप्त गरेको छ ।

सामाजिक एकता पार्टी, नेकपा समाजवादी र नेपाल दलित पार्टीको एकल चिह्न गितारमा १०, आमूल परिवर्तन मसिहा पार्टीले एक भोट ल्याएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रदेशसभा समानुपातितर्फ एमाले पहिलो पार्टी बनेको छ । एमालेले दुई हजार एक सय ६२ मत पाएको छ। कांग्रेसले एक हजार ६ सय ५०, माओवादीले नौ सय चार मत पाएको छ ।

जसपाले ६, राप्रपाले ६३, नेकपा एकीकृत समाजवादीले १२, नागरिक उन्मुक्ति पार्टी १३, नेकपा ९माले० २१, मङ्गोल नेशनल अर्गनाइजेशनले आठ, सघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले एक, एकल चिह्न गितारले ११ भोट र एकल चिह्न ‘आमाले बच्चा समाएको’ ले एक भोट ल्याएको छ ।

Advertisements

ताजा समाचार

Advertisements

सम्बन्धित समाचार