Advertisements
Advertisements
२०८० जेष्ठ २२, सोमबार |
Monday, June 5, 2023

मोटरसाइकल दुर्घटना भएर एकजना युवकको मृत्यु

प्रकाशित:

Advertisements

महेन्द्रनगर । फेदाप गाउँपालिका वडा न.२ ओयाक्जुङ असुवा बस्ने ४२ वर्षीय चन्द्रबहादुर लिम्बुको मोटरसाइकल दुर्घटना हुँदा मृत्यु भएको छ ।

मोटरसाईकल दुर्घटननामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमका प्रहरी निरीक्षक छे फिङजो भोटेले जानकारी दिए । शनिबार साँझ को २१ प ४२२८ नम्बरको मोटरसाइकल चडेर घर गइरहेका लिम्बुको मृत्यु भएको हो ।

म्याङलुङबाट घर फर्कने क्रममा म्याङलुङ स्थीत दशगते पार्कमा मोटरसाइकल अनियन्त्रित भई सडकको पिलरमा ठोकिदा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । उपचारका लागि धरान लैलाने क्रममा उनको बाटोमै मृत्यु भएको हो ।

Advertisements

 

ताजा समाचार

Advertisements

सम्बन्धित समाचार