Saturday, July 27, 2024

एमालेका कैलाशप्रसाद ढुंगेललाई पराजित गर्दै नेपाली कांग्रेका पूर्णबहादुर तामाङ निर्वाचित

प्रकाशित:

महेन्द्रनगर । नेकपा एमालेका कैलाशप्रसाद ढुंगेललाई १६ हजार ३६९ को फराकिलो मतान्तरले पराजित गर्दै रामेछापबाट प्रतिनिधि सभा सदस्यमा नेपाली कांग्रेका पूर्णबहादुर तामाङ (कान्छाराम) निर्वाचित भएका छन् ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

एक लाख ८० हजार १०६ मतदाता रहेको रामेछापमा ८८ हजार ६८० मत खसेको थियो । त्यसमध्ये ८३ हजार ८९९ मत सदर भएकोमा कान्छारामले ४७ हजार ९९ मत ल्याए भने एमालेका ढुङ्गेलले ३० हजार ७ सय ३० मत पाए ।

यस्तै, प्रदेश सभा ९१० मा माओवादी केन्द्रका उमेदवार तारानारायण श्रेष्ठ विजयी भएका छन् । श्रेष्ठले १७ हजार १४८ मत प्राप्त गरे ।उनका प्रतिद्वन्द्वी एमालेका शान्ति पौडेललाई १५ हजार १५७ मत पाए ।

श्रेष्ठले पौडेललाई १ हजार ९९१ मतान्तरले मतले पराजित गरेका हुन् । प्रदेश सभा (२) मा पनि माओवादी केन्द्रका पोलिटब्युरो सदस्य युवराज चौलागाईंले एमालेमा मिलनकुमार घिसिङलाई पराजित गरेका हुन् ।

चौलागाईंले २१ हजार २३९ मत प्राप्त गर्दा घिसिङले १७ हजार ४१३ मत पाए । यसपटक रामेछापमा खसेको मतको चार हजार ७८१ मत बदर भएको छ ।

 

ताजा समाचार

सम्बन्धित समाचार