Friday, March 29, 2024

बाजुरा सदरमुकाम तनावग्रस्त

प्रकाशित:

महेन्द्रनगर । सहकर्मीको हत्या विरोधमा नेकपा (एमाले) सम्बद्ध अनेरास्ववियुले बाजुरा सदरमुकाम मार्तडी बजार बन्द गराएको छ ।

बजार बन्द गर्न लगाएर गल्लीहरुमा टायर बालेपछि यहाँको अवस्था तनावग्रस्त बनेको छ । नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले बजार क्षेत्रमा गस्ती बाक्लो पारेको छ ।

हिजो राति अनेरास्ववियुका केन्द्रीय सदस्य चेतन अएडीको हत्याको बिषयलाई लिएर अनेरास्ववियुले विरोध प्रदर्शन गरिरहेको छ । त्रिबेणी गाउँपालिका–७ स्थित नाटेश्वरी आधारभुत विद्यालयमा मतदानको विवादलाई लिएर कांग्रेसका कार्यकर्ताहरुले राति घरमै गएर अयडीलाई कुटपिट गरेका थिए ।

उपचारका लागि अछामको बयलपाटा अस्पताल लगिएको थियो । अस्पताल पु(याउने बित्तिकै उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए । त्रिबेणी गाउँपालिका–७ मा हिजो दिउसो मतदानको समयमा कांग्रेस कार्यकर्ताले बुथ कब्जा गर्न खोजेपछि सुरक्षाकर्मीले गोली चलाउदा एक जनाको घटनास्थलमै मृत्यु भएपछि विवादले चर्को रुप लिएको थियो ।

सुरक्षाकर्मीको गोली लागेर स्थानीय कांग्रेस कार्यकर्ता सञ्जिब अयडीको मृत्यु भएको थियो । उनको मृत्युपछि कांग्रेस कार्यकर्ताले घरघरमा गएर एमाले कार्यकर्ता माथि कुटपिट गरेका थिए ।

ताजा समाचार

सम्बन्धित समाचार