Friday, April 26, 2024

दुर्घटनामा पत्रकार कँडेलको मृत्यु

प्रकाशित:

महेन्द्रनगर । बुटवलबाट भैरहवातर्फ जाँदै गर्दा शुक्रबार साँझ तिलोत्तमा नगरपालिका–२ जानकीनगरमा मोटरसाइकल दुर्घटनामा रुपन्देहीका पत्रकार एनबी (नरबहादुर) कँडेलको निधन भएको छ ।

लु १ क ५२७६ नंको रेडिमिक्स (सिमेन्ट घोल्ने सवारी) ले कँडेल सवार लु ४४ प ८२०१ नंको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

रुपन्देहीको सैनामैना नगरपालिका–१ रानी बगिया स्थायी घर भई बुटवलमा बस्दै आएका ३५ वर्षीय कँडेलको उपचारका क्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा निधन भएको प्रहरीले जनाएको छ ।

ठक्कर दिने सवारी र चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिए ।

 

ताजा समाचार

सम्बन्धित समाचार