Saturday, July 27, 2024

गठबन्धन अझै १०-१५ वर्ष भन्दा बढी टिक्छ : प्रधानमन्त्री देउवा

प्रकाशित:

महेन्द्रनगर । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले अहिलेको सत्तारुढ गठबन्धन अझै १५ वर्ष बढी टिक्ने बताएका छन् ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

अछामको सदरमुकाम मंगलसेनमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले संविधान रक्षाका लागि पटक-पटक एमाले अध्यक्ष केपी शर्मा ओलीलाई सम्झाउँदा पनि नमानेको बताए ।

संविधानको रक्षाका लागि हामीले पटक-पटक ओलीजीलाई सम्झायौं । उहाँले मान्नु भएन । संसद् विघटन गर्नुभयो । ओलीजीले आलोचना पनि सहन सक्नु भएन, प्रधानमन्त्री देउवाले भने, बाध्य भएपछि बहुमत पुग्ने गरी अदालत गयौं ।

अदालतले ओलीजीलाई हटायो । अन्तमा मेरो नेतृत्वमा सबैको सहकार्यमा सरकार निर्माण भयो । अब संविधान रक्षा र र स्थायित्वका लागि यो गठबन्धन १०-१५ वर्ष बढी टिक्छ ।

कम्तीमा ३र४ चुनावहरूमा यो गठबन्धन सहकार्य गर्छ । त्यसका लागि हाम्रा साझा उम्मेदवारले जित्न आवश्यक छ ।संविधानले महिलालाई ३३ प्रतिशत आरक्षण, दलित, जनजातिका अधिकार समेटेकाले यसको रक्षाका लागि नेपाली कांग्रेस अडिग रहेको बताए ।

अछामको चौरपाटी र मंगलसेनमा भएको चुनावीसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले कैलाश लघु जलविद्युत् आयोजना, सेती लोकमार्ग, चिसापानी-जंगलघाट-मंगलसेन सडक खण्ड, रामारोश र खप्तड पर्यटकीय क्षेत्रलाई प्राथमिकतामा राखेर काम गर्ने बताए ।

चुनावी सभामा निर्वाचन क्षेत्र नम्बर-१ का सत्ता गठबन्धनका साझा उम्मेदवार समाजवादीका नेता शेरबहादुर कुँवर, प्रदेश-१ का नेपाली कांग्रेसका उम्मेदवार मेघराज खड्का, प्रदेश-२ का उम्मेदवार माओवादी केन्द्रका नेता झपट साउद, प्रतिनिधिसभा क्षेत्र नम्बर-२ का प्रतिनिधिसभाका उम्मेदवार कांग्रेस अछामका सभापति पुष्पबहादुर शाह, प्रदेश-१ का उम्मेदवार नेकपा माओवादी केन्द्रका नेता अक्कल रावल, प्रदेश-२ का उम्मेदवार कांग्रेसका नेता मानबहादुर रावलले चुनावीसभालाई सम्बोधन गरेका थिए ।

 

 

ताजा समाचार

सम्बन्धित समाचार