Saturday, July 27, 2024

बेलौरीमा अवकाश पाएका कर्मचारीलाई नै खटाइयो

प्रकाशित:

महेन्द्रनगर । बेलौरी नगरपालिका-८ स्थित जनज्योति मतदान केन्द्रमा अवकाश पाएका कर्मचारी खटाइएका छन् । उच्च अदालत दिपायलबाट अवकाश पाएका राम बहादुर भुजेललाई सहयोगी कर्मचारीका रुपमा खटाइएको छ ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

मुख्य निर्वाचन अधिकृतको कार्यालय खटाइएका भुजेल केही महिना अघि उच्च अदालतबाट अवकाश पाएका थिए । निर्वाचनमा कर्मचारी खटनपटनका लागि प्रमुख जिल्ला अधिकारी नेतृत्वको कर्मचारी व्यवस्थापन समितिले सबै कार्यालयबाट विवरण मगाएर मुख्य निर्वाचन अधिकृत कार्यालयमा पठाएपछि जिम्मेवारी दिइएको थियो ।

जिल्ला निर्वाचन कार्यालयका जिल्ला निर्वाचन अधिकारी उदयराज जोशीले कार्यालयबाट आएको नामका आधारमा विवरण पठाइएको बताए । ‘कार्यालयबाट आएका नाम पठाइएका हुन्, अवकाश भएको कर्मचारीलाई पठाउनु नहुने हो’ उनले भने ।

भीमदत्त नगरपालिका ११ स्थित चौकीसोतामा सम्बन्धित मतदान केन्द्रका मतदाता राम बहादुर थापा नै सहायक मतदान अधिकृत भएका छन् ।

ताजा समाचार

सम्बन्धित समाचार