Saturday, July 27, 2024

विश्वकपका रोचक तथ्य

प्रकाशित:

महेन्द्रनगर । अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफाले सन् १९३० बाट विश्वकप आयोजना गर्न थालेको हो । हरेक चार वर्षमा हुने फुटबलको महाकुम्भ पहिलोपटक उरूग्वेबाट सुरू भएको थियो ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

सन् १९३० देखि हालसम्म आइपुग्दा विश्वकप फुटबलमा धेरै रेकर्ड बनिसकेका छन् । विश्वकप फुटबलका केही रोचक तथ्य यहाँ प्रस्तुत गरिएको छ । पहिले कुरा गरौं, सबभन्दा धेरै पाँच वटा संस्करणमा खेल्ने खेलाडीहरूबारे।

विश्वकपका पाँच वटा संस्करणमा सहभागी हुनेमा तीन खेलाडी छन् । तीमध्ये दुई जना मेक्सिकोका छन् । मेक्सिकोका खेलाडीद्वय एन्टोनियो क्याबजल र राफेल मार्क्विजले पाँच वटा संस्करण खेलेका हुन् ।

एन्टोनियोले १९५०, १९५८, १९६२ र १९६६ का संस्करणमा खेलेका थिए भने राफेल २००२, २००६, २०१०, २०१४ र २०१८ का संस्करणमा सहभागी थिए । जर्मनीका लोथर म्याथ्युसले १९८२, १९८६, १९९०, १९९४ र १९९८ का संस्करणमा खेलेका थिए ।

आफ्नो कार्यकालमा लगातार दुईपटक विश्वकप जिताउने व्यवस्थापकको रेकर्ड इटालीका भिटोरियो पोजोको नाममा छ । उनको व्यवस्थापनमा इटालीले १९३४ र १९३८ को संस्करण जितेको थियो । उनको रेकर्ड हालसम्म कसैले तोड्न सकेको छैन ।

विश्वकपमा सबभन्दा बढी गोल गर्ने रेकर्ड जर्मनीका मिरोस्लाभ कोल्जको नाममा छ । सन् १९३० देखि २०१८ सम्मका विश्वकप संस्करणमा उनले १६ गोल गरेका थिए । विश्वकप ट्रफीको पहिलो नाम भिक्ट्री राखिएको थियो ।

सन् १९४६ पछि फिफाका तेस्रा अध्यक्ष जुलेस रिमेटको नामबाट ट्रफीको नामाकरण गरियो । विश्वकपको अर्को रोचक पक्ष भनेको इंग्ल्याण्ड र पोल्याण्ड अहिलेसम्मकै सबैभन्दा धेरै १३ पटकका प्रतिद्वन्द्वी हुन् ।

विश्वकपका खेलमा ५३ वटा ह्याट्रिक भएका छन् । सर्वाधिक ७ ह्याट्रिक पश्चिम जर्मनी र जर्मनीको नाममा छ । हंगेरीको नाममा पाँच र अर्जेन्टिनाको नाममा चार ह्याट्रिक रेकर्ड भएका छन् ।

एउटै संस्करणमा डबल ह्याट्रिकको रेकर्ड तीन खेलाडीको नाममा छ । सन् १९५४ को संस्करणमा हंगेरीका सन्दुर कसिसले डबल ह्याट्रिक गरेका थिए । सन् १९५८ को संस्करणमा फ्रान्सका जस्ट फन्टेनले यो सूचीमा नाम लेखाए ।

सन् १९७० मा जर्मनीका जर्ड मुलरले डबल ह्याट्रिक गरे । सन् १९३० देखि हालसम्मका सबै संस्करण खेलेको राष्ट्र ब्राजिलमात्रै हो । ब्राजिलले २१ वटा संस्करणमा १०९ खेले खेलेको ब्राजिलले पाँच पटक उपाधी जितेको छ ।

 

ताजा समाचार

सम्बन्धित समाचार