Tuesday, April 16, 2024

सुकुम्वासी समस्या समाधानका लागि पहल गर्ने : प्रकाशमान

प्रकाशित:

महेन्द्रनगर । नेपाली कांग्रेसका नेता एवं क्षेत्र नं १ मा कांग्रेसबाट प्रतिनिधिसभाका उम्मेदवार प्रकाशमान सिंहले सुकुम्वासी समस्या समाधानका लागि पहल गर्ने बताउनुभएको छ ।

समस्या समाधानका लागि भूमिआयोग बनेको र त्यसले दिने प्रतिवेदनलाई आधार मानेर समस्याको समाधान निकाल्ने उहाँले बताउनुभयो ।

नेता सिंहले भन्नुभयो “भूमि आयोगले काम सुरु गरिसकेको छ, निर्वाचनका कारण अहिलेलाई रोकिएको छ ।” थापाथलीस्थित वाग्मती नदी किनारको बस्तीमा आयोजित कार्यक्रममा उहाँले प्रतिवेदन आइसकेपछि त्यसको अध्ययन गरेर स्थायी समाधान निकाल्ने प्रतिबद्धता जनाउनुभयो ।

समस्या समाधान गर्दा जबरर्जस्ती नभइ भूमिहीनको पनि चित्त बुझाएर गर्ने उहाँको प्रतिबद्धता छ । मतदाताले सरकारी कार्यालयका कामकाज झन्झटिलो र ढिलो भएको भन्ने गुनासो गरेको भन्दै उहाँले सरल र छिटोछरितो बनाउन पहल गर्ने उल्लेख गर्नुुभयो ।

ताजा समाचार

सम्बन्धित समाचार