Advertisements

महेन्द्रनगर । बैतडी डिलाशैनी गाउँपालिका–६ चौंसेराकी २५ बर्षीया गौमती माल स्याउला काट्ने क्रममा रुखबाट लडेर घाइते भएकी छन् ।
आइतबार दिउँसो घर नजिकै बगौनाको रुखमा स्याउला काट्ने क्रममा लडेकी मालको पेट, छाती र ढाडमा चोट लागेको प्रहरीले जनाए । उनको गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको छ ।
Advertisements
