Saturday, July 27, 2024

विकासको भारी म बोक्छु : साउँद

प्रकाशित:

महेन्द्रनगर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं कञ्चनपुर निर्वाचन क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार एनपी साउँदले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले दैजी–छेला औद्योगिक क्षेत्रको बजेट झापा पठाएको बताएका छन् ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

आइतबार बेदकोट नगरपालिका–२ जडेपानीमा चुनावी साभालाई सम्बोधन गर्दै उनले भने, ‘केपी शर्मा ओलीले दैजी–छेला औद्योगिक क्षेत्रको शिलान्यास मात्रै गरे, यहाँको बजेट काटेर झापामा हाले, त्यसमा यहाँका सांसद नरबहादुर धामी जी ले आपत्ति समेत जनाएनन्, उहाँको ससुराली भएर हो कि ?’

उनले दैजी–छेला औद्योगिक क्षेत्र निर्माणका लागि बजेट हालेर काम अगाडी बढाउने बताए । उनको भनाई छ, ‘यसमा बजेट हालेर निर्माण कार्य अगाडी बढाउँछौं, यहाँ लगानी गर्ने स्वदेशी तथा विदेशी उद्योगहरुलाई १० वर्षसम्म करमा छुट दिन्छौं,’ उनले भने, ‘यहाँका युवाहरुले यही रोजगारी पाउने छन् ।’

विकासको भारी आफूले बोक्ने बताउँदै उनले जनतालाई विकासको चिन्ता नर्गन आग्रह गरे । ‘तपाईहरु विकासको चिन्ता नर्गनुहोस्, विकासको भारी म बोक्छु,’ उनले भने । सरकार ५ वर्षसम्म चल्ने बताउँदै उनले नेकपा एमालेले विगतमा दुई तिहाइ ल्याएपनि सरकार सञ्चालन गर्न नसकेको बताए ।

‘निर्वाचित भएपछि एमाले भन्दा फरक काम गर्छौ, एमालेले दुई तिहाइ ल्याए पनि पाँच वर्षसम सरकार चलाउन सकेन,’ उनले भने, ‘हामी गठबन्धनलाई पाँच वर्षसम्म चलाउने छौं, मुलुकमा स्थिरता दिनेछौं ।’

सर्वोच्च अदालतले संविधानमा प्रावधान नभएको भन्दै अवैधानिक संसद विघटन नगर्न पटक पटक भन्दा पनि एमालेले संसद भंग गरेको साउँदको भनाइ थियो ।

ताजा समाचार

सम्बन्धित समाचार