Saturday, July 27, 2024

मङ्सिर १ गते रातिदेखि प्रचार-प्रसार गर्न निषेध

प्रकाशित:

महेन्द्रनगर । मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनका लागि राजनीतिक दल र उम्मेदवारले प्रचार-प्रसार गर्न अब पाँच दिनमात्रै बाँकी रहेको छ ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

निर्वाचन आचारसंहिताको दफा १३ मा राजनीतिक दल, उम्मेदवार, दलको भ्रातृ सङ्गठन तथा सम्बन्धित व्यक्तिले जुलुस, आमसभा, कोणसभा, बैठक, भेला वा निर्वाचन प्रचार-प्रसार सम्बन्धी कार्य गर्दा पालना गर्नुपर्ने आचरणको व्यवस्था अन्तर्गत यही कात्तिक १७ गतेदेखि मङ्सिर १ गतेसम्म प्रचार-प्रसारका लागि निर्धारण गरिएको छ ।

मङ्सिर १ गते रातिदेखि प्रचार-प्रसार निषेधको अवधि भएकाले उक्त अवधिमा प्रचार-प्रसार स्थिर हुने कानुनी व्यवस्था रहेको छ । आयोगले आचारसंहिताको परिपालना भइरहेको र उल्लङ्घनका घटनामा कारवाहीको क्रम जारी रहेको जनाएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार