Saturday, July 27, 2024

डोटी भूकम्पपछि आसपास क्षेत्रमा लगातार ३०० परकम्प

प्रकाशित:

महेन्द्रनगर । डोटी भूकम्पपछि त्यस आसपास क्षेत्रमा लगातार परकम्प गइरहेका छन् । आज बिहीबार बिहान १० बजेसम्म ३०० परकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

पछिल्लो पटक बिहान ५ बजेर १३ मिनेट जाँदा बाजुरामा केन्द्रविन्दु भएर ४ दशमलव १ म्याग्निच्युडको परकम्प गएको केन्द्रका सहायक प्राविधिक राजेश शर्माले जानकारी दिए ।

यसअघि डोटीमा बुधबार बिहान सवा २ बजेतिर मानवीय क्षति हुने गरी ६ दशमलव ६ म्याग्निच्युडको भूकम्प गएको थियो । पूर्वीचौकी गाउँपालिका–३ ठाँडागाउँमा भूकम्प गएको हो ।

उक्त भूकम्पले घर भत्किंदा ६ जनाको मृत्यु भएको थियो भने ८ जना गम्भिर घाइते भएका छन् । घाइतेहरुको उपचार जारी छ ।

 

 

ताजा समाचार

सम्बन्धित समाचार