Friday, March 29, 2024

ट्याक्टर दुर्घटना भई एक जनाको मृत्यु

प्रकाशित:

महेन्द्रनगर । बुधबार राति ९ बजेको समयमा हेटौंडाबाट हात्तिसुढेतर्फ गैरहेको बा प्र ०३–००१ त ३४१ नम्वरको ट्याक्टर अनियन्त्रित भई सडकमा पल्टिएको थियो ।

मकवानपुरको बकैया–४ छतिवनमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । ट्याक्टरमा सवार बागमती गाउँपालिका–५ बगेरीका २७ वर्षीय सत्यमान घिसिङको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

ट्याक्टरमा सबार बागमती–५ कै ३५ वर्षीय दमै सिङ सिन्तान घाइते भएको र हेटौंडा अस्पतालमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए । ट्याक्टर चालक तथा ट्याक्टर प्रहरी नियन्त्रणमा रहेको छ ।

 

ताजा समाचार

सम्बन्धित समाचार