Saturday, July 27, 2024

परिचयपत्र वा नेपाली नागरिकताको प्रमाणपत्र देखाएर मत हाल्न पाउने

प्रकाशित:

महेन्द्रनगर । निर्वाचन आयोगले २०७९ मंसिर ४ गते आइतबार हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा परिचय खुल्ने आधिकारिक कागजातबाट मतदान गर्न सकिने जनाएको छ ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

आयोगबाट प्रकाशित अन्तिम मतदाता नामावलीमा नाम समावेश भएकाहरुले मतदाता परिचयपत्र वा नेपाली नागरिकताको प्रमाणपत्र देखाएर मत हाल्न पाउने छन् ।

यस्तै राष्ट्रिय परिचयपत्र वा राहदानी वा जग्गाधनी प्रमाणपुर्जा वा सवारीचालक अनुमतिपत्रको सक्कल प्रमाणका आधारमा पनि अन्तिम मतदाता नामावली विवरणसँग भिडाई यकिन गरी मतदान गर्न पाउने व्यवस्था मिलाउन आयोगले सम्बन्धित निर्वाचन अधिकृतलाई निर्देशन दिने निर्णय गरेको छ ।

निर्वाचनको सन्दर्भमा आयोगबाट मतदातालाई परिचयपत्र वितरण भएको भए तापनि कतिपय मतदाताको परिचयपत्र हराएको÷नासिएको अवस्था भएमा उल्लेखित परिचयपत्रको आधारमा मतदान गर्न पाउने व्यवस्था मिलाइएको हो ।

ताजा समाचार

सम्बन्धित समाचार