Saturday, July 27, 2024

आयोजित सत्ता गठबन्धनको चुनावी सभा सम्बोधन गर्दै : काँग्रेस नेता जोशी

प्रकाशित:

महेन्द्रनगर । नेपाली कांग्रेसका केन्द्रिय सदस्य यज्ञराज जोशीले संविधान जोगराउन वर्तमान व्यवस्था जोगाउनका लागि बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार त्रय जिताउन आग्रह गरेका छन ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

भीमदत्त नगरका पुर्व मेयर समेत रहेका काँग्रेस नेता जोशीले तिकलपुरमा आयोजित सत्ता गठबन्धनको चुनावी सभा सम्बोधन गर्दै संविधान रक्षा र सम्बृद्धिका लागि काम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार जिताउन आब्हान गरेका छन ।

नेता जोशीले प्रतिनिधी सभा सदस्यमा रमेश लेखक प्रदेश सभा सदस्य ३ (क) मा टेकेन्द्र प्रशाद भट्ट र ३९ कंमा बेल बहादुर रानालाई जिताउन आब्हान गरेका छन ।

उनले यज्ञराज जोशी नै तीनै उम्मेदवार भएको भाव प्रकट गर्दै ढुक्क भएर जिताउन आग्रह गरेका छन । कार्यक्रममा कञ्चनपुर निर्वाचन क्षेत्र ३ (क) प्रदेश सभा सदस्यका उम्मेदवार टेकेन्द्र प्रशाद भट्टले आफुहरु विगतमा पनि अहिले र भोलीपनि जनताकै साथमा रहने विश्वासल व्यक्त गरेका छन ।

चुनावी सभालाई सम्बोधन गर्दै बाम लोकतान्त्रिक गठबन्धन प्रदेश सभा सदस्यका उम्मेदवार भट्टले बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार आफु र रमेश लेखक जनताकै साथमा हुने बताएका हुन ।

भट्टले आफुहरु चुनाव जितेपछि अरु जसरी नहराउने बताउनु भएको छ । क्षेत्रको बिकस र समृद्धि गठबंधनले ल्याउने बताउँदै अत्यधिक मतले विजयी गराउन आग्रह गरेका छन ।

ताजा समाचार

सम्बन्धित समाचार