Saturday, July 27, 2024

आन्तरिक राजस्व संकलन लक्ष्यको ९१ प्रतिशतमात्र

प्रकाशित:

महेन्द्रनगर । सरकारले आयात प्रतिस्थापन गर्न विलासिताका वस्तुमा प्रतिबन्ध लगाउँदा भन्सार राजस्व घटेको छ । तर, चालु आर्थिक वर्ष (आव) २०७९/८० मा आन्तरिक राजस्वले समेत साथ दिन नसक्दा सरकार दबावमा छ ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

आन्तरिक राजस्व विभागका अनुसार आवको पहिलो तीन महिना (साउन–असोज) मा विभागले लक्ष्यको ९१ प्रतिशत मात्र राजस्व उठाउन सकेको छ ।  असोज महिनासम्म विभागले १ खर्ब ५ अर्ब २२ करोड रुपैयाँ राजस्व संकलनको लक्ष्य राखेको थियो । संकलन भने ९५ अर्ब ७१ करोड रुपैयाँ भएको छ ।

यो लक्ष्यको ९१ प्रतिशत रहेको विभागले जनाएको छ । विभागका अनुसार तीन महिनामा विभागले आयकरतर्फ लक्ष्यको ७८/८९ प्रतिशत मात्र संकलन गर्न सकेको छ । पहिलो त्रैमासमा ३९ अर्ब ९ करोडको लक्ष्य राखिएकोमा संकलन ३० अर्ब ८४ करोड रुपैयाँ मात्र भएको छ ।

घर बहाल कर ५९/८९ प्रतिशत मात्र संकलन भएको छ । यस अवधिमा ८६ करोड २२ लाख रुपैयाँ घर बहाल कर संकलन गर्ने लक्ष्य राखिएकोमा संकलन ५१ करोड ६४ लाख रुपैयाँ मात्र भएको छ । ब्याज असुली ८३.९८ प्रतिशत भएको छ । १० अर्ब २७ करोड रुपैयाँ ब्याज असुलीको लक्ष्य रहेकोमा ८ अर्ब ६३ करोड रुपैयाँ संकलन भएको विभागले जनाएको छ ।

मूल्य अभिवृद्धि कर (आन्तरिक) ८६.७६ प्रतिशत संकलन भएको छ । ३१ अर्ब १४ करोड रुपैयाँ भ्याट संकलनको लक्ष्य राखिएकोमा प्राप्ति भने २७ अर्ब रुपैयाँ भएको छ । अन्तःशुल्क भने लक्ष्य भन्दा बढी ११६.४२ प्रतिशत उठेको छ । २२ अर्ब ५१ करोड रुपैयाँ अन्तःशुल्क संकलनको लक्ष्य रहेकोमा संकलन भने २६ अर्ब २१ करोड रुपैयाँ भएको छ ।

स्वास्थ्य सेवा शुल्क दोब्बरले बढेको छ । तीन महिनामा ९३ करोड ३५ लाख शुल्क संकलनको लक्ष्य रहेकोमा संकलन भने २ अर्ब ८ करोड रुपैयाँ भएको छ । यो २२३.११ प्रतिशत प्रगति हो । शिक्षा सेवा शुल्क ३९ करोड ८४ लाख रुपैयाँ संकलनको लक्ष्य रहेकोमा ४० करोड ४८ लाख संकलन भएको छ । यो लक्ष्यको १०१.६० प्रतिशत हो ।

 

ताजा समाचार

सम्बन्धित समाचार