२०८० आश्विन १६, मंगलवार |
Tuesday, October 3, 2023

समानुपातिक तर्फका मतपत्र कञ्चनपुरमा पुगे

प्रकाशित:

Advertisements
Advertisements

महेन्द्रनगर । आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा चुनावको समानुपातिकतर्फका मतपत्रहरु जिल्ला निर्वाचन कार्यालय कञ्चनपुरमा पुगेका छन् ।

‘अहिले रुजु गर्ने कार्य भइरहेको छ, प्रत्यक्षतर्फको मतपत्र भने पुगिसकेको छैन्, केही दिनमै पुग्छन्,’ प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद आर्यालले भने, ‘निर्वाचनको आवश्यक सबै तयारी पूरा भैसकेको छ ।’

कञ्चनपुरका तीन वटै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना भैसकेका छन् । सबै पालिकामा मतदाता शिक्षाका कार्यक्रम समेत भइरहेको उनले बताए ।

‘मत बदर नहोस् भनेर सबै पालिकामा मतदाता शिक्षा दिइरहेका छौं,’ उनले भने, ‘भर्चुअलमाध्यमबाट पनि मतदाता शिक्षा दिइरहेका छौं ।’ निर्वाचन आचारसंहिता कार्यान्वयन गराउने कार्य पनि भइरहेको उनले बताए ।

‘निर्वाचन आचारसंहिता उल्लंघन भएको एउटा उजुरी परेको छ, मौखिक रुपमा आएका गुनासाहरुलाई पनि सम्बोधन गर्ने गरेका छौं,’ उनले भने, ‘निर्वाचन आचारसंहिता उल्लघंन गर्नेहरुलाई मौखिक तथा लिखित रुपमा स्पष्टीकरण सोध्ने गरेका छौं ।’

Advertisements

ताजा समाचार

Advertisements

सम्बन्धित समाचार