Thursday, March 28, 2024

ट्याक्टरले ठक्कर दिदा मोटरसाइकल चालकको मृत्यु

प्रकाशित:

महेन्द्रनगर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–४ पिपलाडीमा से.१ त ९३८७ नम्बरको ट्याक्टरले ठक्कर दिदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

सुदूरपश्चिम प्रदेश ०२००३ प २१४३ नम्बरको मोटरसाइकललाई ट्याक्टरले ठक्कर दिँदा शुक्लाफाँटा नगरपालिका–११ कलुवापुर बस्ने २७ वर्षीय भुवनसिंह रानाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

ठक्करबाट गम्भीर घाइते भएका रानाको माया मेट्रो अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो । साथै घाइते भएका ट्याक्टर चालकको सोही अस्पतालमा उपचार भइरहेको छ ।

ताजा समाचार

सम्बन्धित समाचार