Thursday, March 28, 2024

आयोगको ४७ पर्यवेक्षण खटाउन अनुमति

प्रकाशित:

महेन्द्रनगर । मंसिर ४ गते हुने निर्वाचनमा ४७ संस्थाले पर्यवेक्षण गर्ने भएको छ । निर्वाचन आयोगले संघ र प्रदेशको चुनावको लागि ४७ पर्यवेक्षण खटाउन अनुमति दिएको हो ।

आयोगका सहायक प्रवक्ता कमल भट्टराईले कुनै पनि पक्ष र विपक्षमा नलाग्ने ४४ राष्ट्रिय र तीनवटा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थालाई निर्वाचन पर्यवेक्षण गर्न अनुमति दिइएको जानकारी दिए ।

यी संस्थाबाट देशभर करिब १० हजार पर्यवेक्षक खटिने उनले जानकारी दिए । निर्वाचन पर्यवेक्षण प्रतिवेदनमा उल्लेख हुने सुझावलाई निर्वाचन आयोगले ग्रहण गर्ने पनि उनले बताए । रासस

ताजा समाचार

सम्बन्धित समाचार