२०७९ माघ १३, शुक्रबार |
Friday, January 27, 2023

प्रधानमन्त्री देउवाले आज दुई चुनावी सभालाई सम्बोधन गर्दै

प्रकाशित:

महेन्द्रनगर । प्रधानमन्त्री शेरबहादुर देउवाले आज पनि दुई वटा चुनावी सभालाई सम्बोधन गर्नुहुने भएको छ । देउवा चुनावी प्रचार-प्रसारका क्रममा बुधबार काठमाडौंबाट धनगढी हुँदै बिहीबार यहाँ आइपुग्नु भएको थियो ।

देउवाले बिहीबार अमरगढी र शुक्रबार गन्यापधुरा र नवदुर्गा गाउँपालिकामा आयोजित चुनावी सभालाई सम्बोधन गर्नुभएको थियो ।

नेपाली कांग्रेस डडेल्धुराका सभापति भीमबहादुर साउँदका अनुुसार देउवाले आज बिहान ११ बजे अजयमेरू गाउँपालिकाको भद्रपुर र दिउँसो २ बजे भागेश्वर गाउँपालिकाको रूपालमा हुने चुनावी सभामा सम्बोधन गर्नुहुनेछ ।

देउवाले कात्तिक २० गते बिहान ११ बजे आलिताल गाउँपालिकाको गोदाम र दिउँसो २ बजे परशुराम नगरपालिकाको जोगबुडामा हुने चुनावी सभालाई सम्बोधन गर्ने साउँदले जानकारी दिनुभयो ।

देउवा कात्तिक २० गते काठमाडौं फर्कने र सात वटै प्रदेशमा हुने चुनावीसभामा पुग्ने कार्यक्रम छ । डडेल्धुरामा प्रतिनिधिसभा सदस्यका लागि देउवाका साथै कांग्रेस बिपीका कर्णबहादुर मल्लका साथै स्वतन्त्र उम्मेदवारहरु सागर ढकाल, विक्रम शाही, लाल कठायत र कर्णसिंह रावलले उम्मेदवार छन् ।

ताजा समाचार

सम्बन्धित समाचार