Saturday, July 27, 2024

निर्वाचन अन्तर्गत प्रत्यक्षतर्फको मतपत्र छपाई सकियो

प्रकाशित:

महेन्द्रनगर । मंसिर ४ गतेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि प्रत्यक्षतर्फको मतपत्र सकिएको निर्वाचन आयोगले जनाएको छ ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

आयोगले जनक शिक्षा सामग्रीलाई प्रत्यक्ष निर्वाचन तर्फका मतपत्र छपाउन दिएको थियो । आयोगले दिएको यहि कार्तिक २० गतेसम्मको समय सीमा भन्दा दुई दिन अगावै जनकशिक्षा सामग्रीले मतपत्र छपाईको काम सम्मपन्न गरेको हो ।

शुक्रबार जनक शिक्षा सामग्रीमा मतपत्र छपाई सम्बन्धी अवलोकन गर्दै निर्वाचन आयोगका आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन आयोगको २० गतेसम्म मतपत्र छापिसक्नुपर्ने समयावधि भन्दा दुई दिन अगावै सबै मतपत्र छापिएको बताए ।

उनले ८ करोड ३ लाख ९४ हजार ५ सय मतपत्र छपाई सकिएको र नमूना मतपत्र २२ लाख गरी कुल करिव ८ करोड २५ लाख मतपत्र छपाई भएको बताए ।

समानुपातिक निर्वाचन प्रणालीतर्फको करिव ४ करोड मतपत्र भने यसअघि नै छपाईको काम सम्पन्न भइसकेको आयोगले जनाएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार