Saturday, July 27, 2024

निर्वाचन आयोगले उम्मेदवारको चुनावी खर्चलाई अब दर्ता भएका लेखापरीक्षकबाट परीक्षण गराउने

प्रकाशित:

महेन्द्रनगर । निर्वाचन आयोगले कानुनी व्यवस्थालाई व्यवहारिक कार्यान्वयनका निम्ति उम्मेदवारहरूको चुनावी खर्चको परीक्षण मान्यता यसपटकबाट लेखापरीक्षण गर्न लागिएको आयोगका प्रमुख आयुक्त दिनेश थपलियाले गराउने भएको छ ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

‘निर्वाचन आयोगले उम्मेदवारको चुनावी खर्चलाई अब दर्ता भएका लेखापरीक्षकबाट परीक्षण गराउने छ । हामीले तोकेको सीमा अनुसार उम्मेदवारको खर्च लेखापरीक्षकले जाँचबुझ गर्नेछन्,’ थपलियाले भने ।

निर्वाचन आयोगले, कोणसभा, आमसभाको खर्च मंसिर १९ गतेभित्र बुझाउन उम्मेदवारलाई निर्देशन दिएको छ । ‘कात्तिक १७ गतेबाट कोणसभा तथा आमसभा गर्न पाउने छन् ।

उम्मेदवारले त्यस्ता सभाका खर्च मंसिर १९ गतेभित्र आयोगमा बुझाउनुपर्नेछ,’ थपलियाले भने । निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्दै गतिविधि गर्न आयोगले राजनीतिक दललाई निर्देशन दिए । आचारसंहिताको पालनाबारे अनुगमन गर्न स्थानीय तहसम्म आयोगले आवश्यक प्रबन्ध मिलाएको थपलियाले बताए ।

ताजा समाचार

सम्बन्धित समाचार