Saturday, July 27, 2024

साउदीमा १५ वर्षदेखि जेल जीवन बिताइरहेका उदयपुरका विवेक दाहाललाई दियो मृत्युदण्ड

प्रकाशित:

महेन्द्रनगर । साउदीमा १५ वर्षदेखि जेल जीवन बिताइरहेका उदयपुरका विवेक दाहाललाई मृत्युदण्ड दिइएको छ । दाहालले २ फेब्रुअरी २००७ मा आफन्त राजेन्द्र विष्टको हत्या गरेका थिए ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

अदालतले विष्टको हत्या गरेको ठहर गर्दै मृत्युदण्डको सजाय सुनाएको थियो । दाहाललाई जुवेल जेलमा कात्तिक ६ गते मृत्युदण्ड दिइएको हो ।

तल्लो अदालतको आदेशलाई, क्रिमिनल कोर्ट र सर्वोच्च अदालतबाट पनि सदर गरेको थियो । २००६ मा साउदी अरब पुगेका दाहाल, विष्ट र सुडानी नागरिक साउदी मरुभूमिमा ऊँटको हेरचाह गर्ने काम गर्थे ।

दाहालले सुतिरहेको बेला विष्ट र सुडानी नागरिक हत्या प्रयास गरेका थिए । विष्टको तत्काल मृत्यु भएको थियो, भने सुडानी नागरिकको आँखामा क्षति पुगेको थियो ।

पीडित राजेन्द्र विष्टको परिवारलाई दाहालको परिवारले ब्लडमनीबापत रकम दिएको भन्दै सन् २०११ मा नेपाली दूतावासले जुवेलको अदालतमा आममाफी दिन निवेदन दिएको थियो ।

तर, उपचारपछि स्वदेश फिरेका सुडानी नागरिक माफी नदिई सर्म्पकविहीन भएपछि दाहाललाई मृत्युदण्ड दिइएको हो ।दाहालको शव नेपाल पनि नपठाई उतै गाडिएको साउदीस्थित नेपाली दूतावासले जानकारी दिए ।

 

ताजा समाचार

सम्बन्धित समाचार