Saturday, July 27, 2024

स्वतन्त्र उम्मेदवार बीर बहादुर सुनार सहित दर्जनौँ युवा काँग्रेसमा प्रवेश

प्रकाशित:

महेन्द्रनगर । मंगलबार एक कार्यक्रमका विच काँग्रेस प्रवेश गर्ने सुनार सहितका दर्जनौँ युवाहरुले काँग्रेसमा प्रवेश गरेका छन । गत बैशाखमा सम्पन्न भएको स्थानीय तह निर्वाचनमा दोधाराचाँदनी नगरपालिका-७ बाट स्वतन्त्र उम्मेदवार बीर बहादुर सुनार सहित दर्जनौँ युवा काँग्रेसमा प्रवेश गरेका हुन् ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

विपन्न, सीमान्तकृत, महिला, आदिवासी, जनजाति, विपन्न समुदायको हितमा रहेको संविधान रक्षा गर्नका लागि बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार जिताउनका लागि काँग्रेसमा प्रवेश गरेको सुनारले बताएका छन ।

सुनार सहित काँग्रेस प्रवेशीहरुलाई क्षेत्र ३ बाट बाम लोकतान्त्रिक गठबन्धन प्रतिनिधी सभा सदस्यका उम्मेदवार रमेश लेखक, ३ (ख) उम्मेदवार बेल बहादुर राना सहितले स्वागत गरेका छन ।

बाम लोकतान्त्रिक गठबन्धनले क्षेत्र ३ (ख) मा निरन्तर घरदैलो चुनावी अभियान जारी राखेका छन । बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवारद्वय रमेश लेखक र बेल बहादुर रानाले संविधानको रक्षाका साथै क्षेत्रको स्थानीय दिगो विकास र सम्बृद्धिका लागि कामगर्ने प्रतिबद्धता जाहेर गरेका छन ।

ताजा समाचार

सम्बन्धित समाचार