Friday, March 29, 2024

डा. तोसिमा कार्कीले दिएको रिटमाथि आज सर्वोच्च अदालतमा सुनुवाइ हुने

प्रकाशित:

महेन्द्रनगर । निर्वाचन आयोगले उम्मेदवारी खारेज गरिदिएको विरूद्ध डाक्टर तोसिमा कार्कीले दिएको रिटमाथि आज सर्वोच्च अदालतमा सुनुवाइ हुने भएको छ ।

न्यायाधीश कुमार चुडालको एकल इजलासमा उक्त रिटको सुनुवाइ हुने भएको हो । फेसबुक पेज र ग्रुप ‘नो, नट अगेन’ माथि प्रतिबन्ध लगाउने निर्वाचन आयोगको निर्णयविरूद्ध परेको रिट पनि उनकै इजलासमा सुनुवाइ हुने भएको छ ।

ललितपुर-३ मा राष्ट्रिय स्वतन्त्र पार्टीको घन्टी चुनाव चिन्हबाट प्रतिनिधि सभा उम्मेदवार रहेकी कार्की लाभको पदमा रहेको भन्दै आयोगले गत शनिबार उनको उम्मेदवारी खारेज गरिदिएको थियो ।

उक्त निर्णयविरूद्ध कार्कीले सोमबार सर्वोच्चमा रिट दिएकी थिइन् । ‘नो, नट अगेनु क्याम्पियन चलाउने अभियान्ताहरूलाई कारबाही गर्ने निर्वाचन आयोगको निर्देशनविरूद्ध वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले सोमबार सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

ताजा समाचार

सम्बन्धित समाचार