Thursday, June 20, 2024

समयमै मुटुको ‘भल्भ’ नफेर्दा मान्छेको मृत्यु हुनसक्छ

प्रकाशित:

काठमाडौं – पछिल्लो समय मुटु सम्बन्धी धेरै खालका समस्या देखा पर्न थालेका छन् । नेपालमा नै विभिन्न खालका उपचार औषधि सम्भव भए पनि कतिपय मानिस बाहिर उपचार गर्न जाने गर्नुहुन्छ ।

बाहिर र नेपालको उपचार पद्धतिमा के–कस्तो फरक छ रु यसै विषयमा आधारित रहेर मनमोहन कार्डियोथेरापी सेन्टरमा कार्यरत वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर अनिल भट्टराईसँग खबरहबका लागि विना न्यौपानेले गरेको कुराकानीको सम्पादित
नेपालीहरूमा अहिले कस्तो–कस्तो समस्या देखिएको हो।

औषधि नै खानु पर्ने खालको २० प्रतिशत मानिसमा हुन्छ । जसमा दुई थरीका रोगहरू पर्दछन् । जन्मँदै आएको रोग, मुटुको भल्भ बिग्रिने रोग, मुटुबाट निस्किने ठूलोठूलो धमनीहरूको समस्या, मुटुको मांसपेशी, चालको समस्या, उच्च रक्तचाप लगायतका रोग पर्दछन् ।

मुटुको भल्भमा समस्या कसरी आउँछ
मुटुभित्र ४ वटा भल्भ हुन्छ । मुटुको हरेक धड्कनसँगै त्यो भल्भ पनि खुल्ने बन्द हुने हुन्छ । यी ४ मध्य कुनै पनि भल्भमा रोग लाग्नसक्छ । तर, सबै भन्दा बढी लाग्ने भनेको माइट्रल भल्भ भन्छौँ । त्यसमा र फुफ्फुसीय भल्भ र पल्मोनरी भनेको पश्चिम तिर जाने भल्भमा धेरै हुन्छ । यसमा एउटा जन्मजात नै हुन्छ । कहिलेकाहीँ जन्मँदा नै भल्भ नबनेको पनि हुन्छ । पछि इन्फेक्सनको कारणले पनि हुन्छ । बाथरोग, हृदय रोग भनिन्छ । यो हाम्रो जस्तो अल्प विकासोन्मुख देशमा धेरै पाइन्छ  स्ट्रेप्टोकोकस नामको किटाणुले टन्सिल गराउँछ । मुटुको भल्भ लिक हुने बिग्रिने पनि हुन्छ । अहिले हाम्रो नेपालमा धेरै अप्रेसन गर्ने भनेको भल्भको हो । त्यसैले यसको अवस्था धेरै गम्भीर छ।

सानो उमेरमा नै मुटुको भल्भ फेर्नु पर्ने अवस्था किन आउँछ
एउटा जन्मजात नै भल्भमा समस्या लिएर आएको हुन्छ । बाथ हृदय रोगको कारणले भल्भमा धेरै समस्या हुन्छ । यो ५ वर्षमा पनि सुरु हुन सक्छ ।

भल्भ फेर्न अस्पताल गएपछि के–के प्रक्रियामा जाने त 
पहिला नै कतै डाइग्नोसिस भएको छ भने हामी त्यसलाई स्क्लीनिङमात्र गछौँ । त्यसमा मुटुको भिडियो एक्स–रे हेर्छौ । अन्तबाट शङ्का गरेर आएको छ भने सबै भल्भ हेर्छौँ । अप्रेसन गर्न मिल्ने छ कि छैन हेर्छौँ । अप्रेसन गर्न मिल्ने छ भने सकेसम्म मुटुलाई आफ्नै भल्भबाट जोगाउनु पर्दछ । ४० वर्ष भन्दा कम उमेरको मान्छेमा सबै जाँच गरेपछि अप्रेसनको तयारी नै हुन्छ । ४० वर्ष भन्दामाथि चाहिँ एउटा कोरोनरी अडिनरी ग्राफी भन्छन् । त्यो भनेको मुटुको नलीमा समस्या छ कि भनेर हेर्छौँ । किनभने ४० वर्ष भन्दा माथिको मान्छेहरूमा यो स्केमिक हार्ट डिजेज हुन सक्ने बोसो जम्न सक्ने हुन्छ । र, त्यस पछि सबै डाक्टरले रिपोर्ट हेरेर अप्रेसन हुन्छ ।

कस्तो अवस्थामा मर्मत गर्ने र कस्तो अवस्थामा परिवर्तन गर्ने
भल्भ मर्मत गर्यो भने राम्रो हो । औषधि पनि खानु परेन । सामान्य हुन्छ । तर, परिवर्तन नै गर्यो भने त्यो मान्छेले जीवन भरि रगत पातलो गर्ने औषधि खानु पर्यो । महिना महिनामा रगत जाँच गराई राख्ने, रगत बग्ने समस्या हुन्छ । बच्चा पाउने महिलाहरूमा उनीहरूको भल्भ मर्मत गर्न पाइयो भने उनीहरूले बच्चा सजिलोसँग जन्माउन सक्छन् । पछि १० वर्षपछि फेर्दा हुन्छ । १० देखि १२ बर्ससम्मको बच्चामा भल्भ फेर्न पर्यो भने उनीहरूलाई ठूलो हुँदासम्म काम चल्ने साइजको भल्भ हाल्न गार्हो हुन्छ । किनभने मुटु र रगतको नसा पनि सानो हुन्छ । त्यसकारण १५ देखि २० किलोको बच्चालाई भल्भ फेर्दा ५० किलो माथिको हुँदा त्यो भल्भ सानो हुन्छ र फेरी पुनस् अप्रेसन गर्नु पर्ने हुन्छ । त्यही भएर सानो बच्चाको भल्भ मर्मत गर्न सकियो भने हुर्किनुजेलसम्म त्यसले काम गर्छ र पछि निकाल्न मिल्छ ।

सानो उमेरमा मर्मत गरेपछि बीचमा समस्या कतिको आउँछ 
भल्भ बिग्रने कारण बाथ हृदय रोग, बुढेसकालमा, वंशाणुगत कारणले हुन्छ । त्यसैले मर्मतको पनि धेरै तरिका छन् । मर्मतमा पनि बाथ हृदय रोगको भन्दा वंशाणुगत जन्मजात रूपमा आएकोमा परिणाम राम्रो छ । बाथ हृदय रोगपछि गएर फेरि फेर्न पर्ने हुनसक्छ ।

यो फेर्न आर्थिक अवस्थामा के छ सबै नेपालीको पहुँचमा छ कि छैन
१५ वर्ष भन्दा कम उमेरको बच्चालाई र ७५ वर्ष भन्दा माथि सरकारले निस्शुल्क अप्रेसन गराउँछ । कुनै अवस्थामा सामग्रीहरू बाहिरबाट ल्याउनु पर्यो भने मात्र पैसा लाग्छ । सरकारको बाथ हृदय रोग सम्बन्धी रोग कार्यक्रम राखेको छ। त्यो भन्दा बाहेक बाहिरबाट आएको व्यक्तिमा रगत चढाउन र बस्न खर्च लाग्छ । तर, नेपालमा सस्तो नै गराएको छ। हामीकहाँ अहिलेसम्म आएका बिरामी पैसाको अभावले त्यसै गएका छैनन् ।

मुटुको भल्भ फेरीसकेपछि बेवास्ता गर्यो भने पछि कस्तो जोखिम निम्तिन सक्छ
नियमित डाक्टरको परामर्शमा रहने गर्नुपर्छ । भल्भ मर्मत गरेकोमा भन्दा पनि फेरेकोमा धेरै कुरामा ध्यान दिनु पर्दछ। रगत पातलो गर्ने औषधि खाइरहेको मान्छेले डाक्टरको सल्लाहमा बस्नु पर्दछ । नत्र रगत धेरै बाक्लो भएर मृत्यु पनि हुन सक्छ ।

अप्रेसन गरी सकेकोले र गर्ने तयारीमा रहेकोले के–के कुरामा ध्यान दिने 
अप्रेसन गर्न तयारीमा रहेकोले पहिला त के हो भनेर तयार हुनु पर्दछ ।मुटुको अप्रेसनमा रिस्क पनि हुन्छ । हामीले १०० जनाको अप्रेसन गर्दा ३ जनाको ज्यान पनि जानसक्छ । त्यसैले त्यो कुरा राम्ररी जान्नु पर्यो । शरीरमा घाउ खटिरा लुतो छ भने त्यो बेला अप्रेसन गर्न हुँदैन । त्यसैले त्यो कुरा नलुकाउने र कुनै औषधि सेवन गरेको छ भने पहिला खुलस्तसँग डाक्टरलाई भन्नुपर्छ । अप्रेसन गरी सकेकोले नियमित फ्लोअपमा बस्ने गर्नुपर्छ ।

मुटुमा कुनै पनि समस्या नआओस् भनेर के–के कुरामा ध्यान दिने

रोग लाग्न नदिन जन्म जात मुटुको रोगमा वंशाणुगत यो रोग आयो भने गर्भावस्थामा बच्चामा समस्या छ कि छैन पत्ता लगाउन सकिन्छ । बच्चामा धेरै टङ्सिल भइरहने छ भने पनि मुटुको जाँच गराउने गर्नुपर्छ । सन्तुलित भोजन खाने, गर्भावस्थादेखि नै राम्ररी केयर गर्न सकिन्छ । सरकारले पनि अहिले धेरै औषधिहरू ल्याएको छ जाँचेर खाँदा हुन्छ ।

तपाईंले धेरै समय बाहिर गएर पनि काम गर्नु भएको छ, बाहिर र नेपालमा के फरक पाउनु भयो त रु
प्राविधिक रूपमा नेपालमा धेरै कुरा विकास भएको छ । सबै अप्रेसनहरू राम्रोसँग भएको छ । हाम्रोमा मुटुको प्रत्यारोपण छैन त्यो केही वर्षमा हुन्छ होला । कृत्रिम मुटुहरू नेपालमा सुरु भएको छैन । यो भनेको कृत्रिम मुटु राखेर मान्छे सधैँ नबाँच्ने भएकोले यो नेपालमा आएको छैन । हाम्रो र बाहिर भनेको अनुसन्धान फरक छ । तर, अरु डाक्टर उपचार पर्दछ सबै नेपालमा छ ।

ताजा समाचार

सम्बन्धित समाचार