Saturday, July 27, 2024

निर्वाचनमा विजयी भएको खण्डमा सुदूरपश्चिमले बढी भाग पाउने छ : प्रधानमन्त्री देउवा

प्रकाशित:

महेन्द्रनगर । आइतबार धनगढीमा आयोजित भएको प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धनका उम्मेदवारलाई जिताउन आह्वान गर्दै निर्वाचनमा विजयी भएको खण्डमा सुदूरपश्चिमले बढी भाग पाउने बताएका छन् ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

‘सुदूरपश्चिमबाट म एकजना मात्रैले जित्दा त उहाँहरुले प्रधानमन्त्री बनाउनुभयो । गठबन्धनले जिते त धेरै अवसर हुनेछ,’ प्रम देउवाले भने, ‘टिकट वितरणमा केही अन्याय भएको मलाई थाहा छ । तर गठबन्धनका कारण सबैले टिकट पाउनसक्ने अवस्था भएन ।’

उनले चुनावपछि पनि गठबन्धनकै सरकार बन्ने बताए । सुदूरपश्चिममा एकता जरुरी रहेको बताउँदै नेपाल अहिले महत्वपूर्ण मोडमा उभिएकाले गठबन्धनका उम्मेदवारहरुले जित्नैपर्नेमा जोड दिए । संविधानविरुद्ध अनेक तत्वहरु लागिपरेको उल्लेख गर्दै संविधान र गणतन्त्रलाई बचाउने वा नबचाउने भन्ने प्रश्न रहेको उनको भनाइ थियो ।

अर्का वक्ता माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले शान्ति सम्झौतामा हस्ताक्षर गरेकै दिन आफूले रुखमा भोट हाले सरह भएको बताए । संविधान नै धारपमा पार्न खोजेपछि गठबन्धन बनेको उल्लेख गर्दै उनले आगामी निर्वाचन अग्रगमन र प्रतिगमन चाहने बीचको महासंग्राम भएका बताउँदै सानातिना कुरालाई साँची राखेर गठबन्धनलाई विजयी गराउन आग्रह गरे ।

‘हाम्रो कमजोरी भयो भने देश दुर्घटनामा जाने खतरा बढ्ने छ,’ उनले भने, ‘राजनीतिक परिवर्तनसँगै आर्थिक परिवर्तन र सुशासन ल्याउन सकेनौं । कांग्रेस र हामी मिलेका बेला ठुलालुला सफलताहरु भएका छन् ।’ अर्को दलको उम्मेदवारको चुनाव चिन्हमा मतदान गर्न कसैले हिच्किचाउन नहुनेमा उनको जोड थियो । ‘हँसिया–हतौडा, रुख, कलम र गिलास जहाँजहाँ हाल्नुपर्ने हो हालौं,’ उनले भने ।

सुदूरपश्चिममा कतिपय निर्वाचन क्षेत्रमा गठबन्धनकै उम्मेदवारहरुको पनि एकभन्दा बढीको उम्मेदवारी परेकोले सोमबार बिहान शीर्ष नेताहरुको बैठक बसेर समस्या समाधान गर्ने उनको भनाइ थियो । त्यसपछि पनि उम्मेदवार कायम रहेमा पार्टीबाट निस्कासन गर्नुको विकल्प नरहने उनको भनाइ थियो ।

अर्का वक्ता एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले संविधानमाथि आक्रमण हुन थालेकाले गठबन्धनको अपरिहार्य भएको बताए । एमाले अध्यक्ष बयलगाडावादी भएको उनको आरोप थियो । उनले गठबन्धन दलभित्र दोहोरो उम्मेदवारी परका ठाउँमा सकभर मिलाउन प्रयास हुने र नभए मित्रवत प्रतिपर्धा हुने बताए । (कान्तिपुर)

ताजा समाचार

सम्बन्धित समाचार