Advertisements
Advertisements
२०८० जेष्ठ २५, बिहीबार |
Thursday, June 8, 2023

नेपाल नेत्रज्योति संघ कञ्चनपुरद्धारा वृद्धआश्रमका वृद्धवृद्धाहरुको आखाँ जाँच

प्रकाशित:

Advertisements

महेन्द्रनगर । नेपाल नेत्रज्योति संघ शाखा कञ्चनपुरले बैजनाथ धाम जेष्ठ नागरिक सेवा केन्द्रका वृद्धवृद्धाहरुको आखाँ जाँच गरेको छ । विहिबार विश्व दृष्टि दिवस–२०२२ को अवसरमा वृद्धवृद्धाहरुको आखाँ जाँच गरिएको नेपाल नेत्रज्योति संघ कञ्चनपुरका अध्यक्ष डा.भोजराज पन्तले बताए ।

‘विश्व दृष्टि दिवस–२०२२ को अवसरमा वृद्धवृद्धाहरुको आखाँ जाँच गरिएको हो ।’ उनले भने ‘आश्रममा रहेका १७ जना वृद्धवृद्धाहरुको आखाँ जाँच गरिएकोमा ७ जनामा मोतिविन्दुको समस्या देखा परेको छ ।’ उलने अगाडी भने ‘ती मोतिविन्दुको समस्या भएका वृद्धवृद्धाहरुको यो तीहार पछि हामी निशुल्क शल्यक्रिया गर्नेछौ ।’

बेदकोट नगरपालिका नगरप्रमुख भोजराज बोहराको प्रमुख आथित्यतामा आयोजित उक्त आखाँ जाँच शिविरमा संघका उपाध्यक्ष टेकराज भारती,कोषाध्यक्ष दयाकृष्ण जोशी,डा.खगेन्द्र उप्रेती,विर सिंह धामी,डागेश्वरी भट्टलगाएतको उपस्थिति रहेको छ । नेपाल नेत्रज्योति संघ कञ्चनपुरले निरन्तर यस्ता सामाजिक कार्य गर्दै आएको छ ।

Advertisements

ताजा समाचार

Advertisements

सम्बन्धित समाचार