Saturday, July 27, 2024

हाम्रो प्रमुख एजेण्डा कञ्चनपुरलाई सबैभन्दा ठुलो व्यापारिक नाकाका रुपमा विकास गर्नु होः नेता लेखक

प्रकाशित:

महेन्द्रनगर । नेपाली काँगेसका केन्द्रिय सदस्य,पूर्वमन्त्री एवम् कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ बाट प्रतिनिधि सभा सदस्य पदका उम्मेद्धवार रमेश लेखकले आफ्नो प्रमुख एजेण्डा कञ्चनपुरलाई देशकै सबैभन्दा ठुलो व्यापारिक नाकाका रुपमा विकास गर्ने रहेको बताएका छन् । ‘कञ्चनपुर जिल्लालाई नेपाल भारत र नेपाल चीन दुईवटा ठुला छिमेकी मुलुकसंग जोड्ने र यो ठाउँलाई देशकै सबैभन्दा ठुलो व्यपारिक,औद्योगिक,धार्मीक र मानिसहरुको आवतजावतको नाकाका रुपमा विकास गर्न सकिने सम्भावना छ ।’ एकपत्र संग संचिप्त कुरागर्दै उनले भने ‘त्यो मेरो,नेपाली काँग्रेसको मुख्य एजेण्डा हो ।’ कञ्चनपुर क्षेत्र नं. ३ मा गठवन्धनबाट प्रतिनिधि सभा सदस्यमा लेखक र प्रदेश सभा ३‘क’ मा माओवादी केन्द्रका टेकेन्द्र भट्ट र ३‘ख’ मा नेपाली काँग्रेसका बेल बहादुर राना मगरले उम्मेद्धवारी दिएका छन् ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

ताजा समाचार

सम्बन्धित समाचार