Saturday, July 27, 2024

तिन दिन देखि लगातार लागि रहेको वर्षाको कारणले कञ्चनपुरका अधिकांश भू-भागहरू मा धानबाली डुबानमा

प्रकाशित:

महेन्द्रनगर । लगातारको वर्षाले कञ्चनपुरका अधिकांश भू–भागमा किसानले लगाएको धानबाली डुबानमा परेको छ । 

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

काटेर खेतमै राखेको र काट्न तयार भएको धानबाली वर्षाका कारण डुबानमा पर्दा किसानहरू मर्कामा परेका छन् । 

जीविकोपार्जनका लागि बेच्न र वर्षभरि खानका लागि खेतमा तयार भइरहेको धानबाली भित्र्याउन नपाउँदा किसानहरू चिन्तित बनेका छन् ।

यो असोज महिनामा मात्रै पनि कञ्चनपुरमा ३ पटक भारी वर्षा हुँदा बाढी, डुबान, कटान तथा पटानले ठूलो क्षति भएको छ । 

यसअघि, यही असोज १ गते र असोज ९ गते आसपासको समयमा पनि कञ्चनपुरमा बाढी, डुबान, कटान तथा पटानले जनजीवन प्रभावित बनेको थियो । 

गत वर्ष असोज ३० देखि कार्तिक २ गते सम्मको अविरल वर्षाले पश्चिम तराईका थुप्रै किसानले काटेर भित्र्याउन मात्रै बाँकी रहेको धानबाली खेतमै उम्रिएर कुहिएको थियो । 

यस वर्ष पनि सोही परिस्थिति सृजना हुने हो कि भन्नेमा किसानहरू सशङ्कित भएका छन् ।

ताजा समाचार

सम्बन्धित समाचार