Saturday, April 20, 2024

आदर्शद्धारा आयोजित कथा लेखन तथा वाचन तालिम कार्यक्रम सम्पन्न

प्रकाशित:

महेन्द्रनगर । कञ्चनपुरको महेन्द्रनगर स्थित आदर्श विद्या निकेतन माध्यमिक विद्यालयद्धारा आयोजित तीन दिने कथा लेखन तथा वाचन तालिम सम्पन्न भएको छ ।

कथाको माध्यमबाट पनि समाजका विकृतिहरु न्यूनिकरण गर्न सकिन्छ भन्ने उद्देश्यले असोज ५ गतेबाट शुरु भएको कथा लेखन तथा वाचन तालिम कार्यक्रम शनिबार सम्पन्न भएको हो ।

उक्त तालिम समापन कार्यक्रममा आदर्श विद्या निकेतनका विद्यार्थीहरुले मानव बेचविखन,छाउपडी प्रथा,छुवाछुत,लागुऔषध दुव्र्यसनी लगाएका कारणले समाजमा परेको प्रभाव तथा त्यसको न्यूनिकरणका लागि सचेतनामुलक कथा लेखन तथा वाचन गरेका थिए ।

आदर्श विद्या निकेतन माध्यमिक विद्यालयका प्रिन्सिपल डा. भोजराज पन्तको अध्यक्षतामा आयोजित उक्त तीन दिने कथा लेखन तथा वाचन समापन कार्यक्रमका प्रमुख अथिति जिल्ला समन्वय समितिका संयोजक दुर्गादत्त बोहरा रहेका थिए ।

कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितिका संयोजक बोहराले भने ‘ पछिल्लो समय विद्यालय तथा विद्यार्थीहरु घोगन्ते विद्यालाई मात्र बढी जोड दिइरहेका छन् ।’ उनले अगाडी भने ‘त्यसकारण हामी भाषा, संस्कृति,धर्म, खेलकुद, साहित्य, समान्य ज्ञान लगाएतका अतिरिक्त क्रियाकलापबाट पछाडी पढिरहेका छौ । त्यसैले विद्यार्थीहरुलाई अतिरिक्त क्रियाकलापमा पनि समावेश गर्न जरुरी छ ।’

विद्यार्थीहरुलाइ तीन दिने कथा लेखन तथा वाचन तालिम लेखक तथा साहित्यकार विजय राज आचार्यले दिएका थिए ।

ताजा समाचार

सम्बन्धित समाचार