Advertisements
Advertisements
२०८० जेष्ठ २५, बिहीबार |
Thursday, June 8, 2023

भीमदत्तका मेयर बोगटीले निर्वाचन खर्च विवरण नबुझाएको भन्ने खबर गलत होः जिल्ला निर्वाचन कार्यालय प्रमुख जोशी

प्रकाशित:

Advertisements

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिकाका नगर प्रमुख पदम बोगटीले स्थानिय तह निर्वाचनमा भएको खर्च विवरण बुझाएको जिल्ला निर्वाचन कार्यालय कञ्चनपुरले जनाएको छ ।

नगर प्रमुख बोगटी लगाएतका उम्मेद्धवारले निर्वाचन खर्च विवरण नबुझाएको भन्ने खबर गलत भएको जिल्ला निर्वाचन कार्यालय कञ्चनपुरका प्रमुख उदयराज जोशीले बताए । उनका अनुसार निर्वाचन आयोगको प्राविधिक त्रृटीले नगर प्रमुख बोगटीले निर्वाचन खर्च नबुझाएको गलत खबर सार्वजनिक भएको हो ।

‘ निर्वाचन आयोगको प्राविधिक त्रृटीका कारण अहिले भीमदत्त नगरपालिका नगर प्रमुख बोगटीले निर्वाचन खर्च विवरण नबुझाएको भनेर गलत खबर सार्वजनिक भएको छ ।’ उनले भने ‘नगरप्रमुख बोगटीले आफ्नो निर्वाचन खर्च विवरण बुझाउनु भएको छ । हामीले (जिल्ला निर्वाचन कार्यालय कञ्चनपुर) निर्वाचन आयोगलाई नगरप्रमुख बोगटीले खर्च विवरण बुझाएको र आयोगले गलत सूचना प्रकाशित गरेकोले सच्चाउन पत्राचार समेत गरिसकेका छौ ।’

उनले अगाडी भने ‘केही दिनमा उक्त त्रृटी आयोगले सच्चाउछ ।’ उनकाअनुसार नगर प्रमुख बोगटी लगाएत अन्य उम्मेद्धवारहरुको विवरणमा पनि त्रृटी भएको छ ।

Advertisements

ताजा समाचार

Advertisements

सम्बन्धित समाचार