Saturday, July 27, 2024

कञ्चनपुरमा सामाजिक विकास कार्यालय जिल्ला स्तरीय कार्यक्रम प्रवोधिकरण

प्रकाशित:

महेन्द्रनगर । कञ्चनपुरमा सामाजिक विकास कार्यालयले जिल्ला स्तरीय प्रवोधिकरण कार्यक्रम आयोजना गरेको छ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

बुधबार सामाजिक विकास कार्यालयले जिल्ला स्तरीय सम्मेलनद्वारा गत आर्थिक वर्ष २०७८/२०७९ मा गरेका कार्यक्रमहरुलाई सार्वजनिक गरी आर्थिक वर्ष २०७९/०८० को विवरण कार्यक्रम बारेमा समाजिक विकास कार्यालयका सब इन्जिनियर नवीन अवस्थीले जानकारी दिएका छन् ।

उनका अनुसार गत वर्षमा सामाजिक विकास कार्यालयले विभिन्न कार्यक्रमहरु गर्दै आइरहेका छन् ।

भौतिक र आर्थिक रूपले समाज विकासका लागि महिला,दलित,बालबालिका,अनाथ,आशय, तेस्रो लिङ्गी, अपाङ्गता, सामाजिक सरोकारवाला,बेरोजगारी धार्मिक मठमन्दिरहरु इत्यादि विभिन्न स्थल विकासका लागि व्यक्तिहरूका हक हितका लागि आर्थिक बजेट र सीप मुलक तालिम दिने आत्मनिर्भर बनाउन कञ्चनपुरका विभिन्न स्थानीय तहमा कार्यक्रमहरु गरेकाछन् । र २०७९/०८० का लागि थप विभिन्न योजना हरु ल्याएको अवस्थीले जानकारी दिएका छन् ।

ताजा समाचार

सम्बन्धित समाचार