Saturday, July 27, 2024

कञ्चनपुरमा बच्चा चोर्न खोजेको आरोपमा चारजना पक्राउ

प्रकाशित:

महेन्द्रनगर । जिल्लाको  शुक्लाफाँटा नगरपालिका–८ मा बच्चा चोर्न लागेको आरोपमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

रौतहट घर भइ कैलालीको अत्तरिया बस्दै आएका २८ वर्षीय अनिलकुमार साह, भारतको बिहारका ३३ वर्षीय पिन्टु साह, २५ वर्षीय राजकिशोर साह र २७ वर्षीय विकासकुमार साहर्लाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक चक्रबहादुर शाहले बताउनुभयो ।

उहाँका अनुसार, ‘बच्चा चोर्न लागेको भन्दै गाउँलेले चारै जनालाई घेरा हालेका थिए । प्रहरीलाई खबर गरेपछि उनीहरुलाई नियन्त्रणमा लिइएको हो ।

पक्राउ परेकाहरुमाथि प्रहरीले अनुसन्धान अघि बढाएको छ । शुक्लाफाँटा–८ का ६ वर्षीय बालकलाई मिठाई दिएर ललाइफकाई जङ्गलतर्फ लैजान खोज्दा चारै जनालाई घेरा हाली नियन्त्रणमा लिएको बताइएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार